जिल्ला स्तरीय मा बि प्र अ हरुको बैठक सम्पन्न

जिल्ला स्तरिय माध्यमिक बिद्यालयका प्रधानाध्यापक हरुको २१ आँै बैठक शूक्रबार बाँसगढी नगरपालीका ६ ककौरामा सम्पन्न भएको छ । त्रिभुबन उच्च माध्यमिक बिद्यालय ककौराको प्रायोजन तथा जिल्ला शिक्षा कार्यालय बर्दियाको आयोजनामा सो बैठक सम्पन्न भएको हो । बैठकमा बर्दिया जिल्ला भरीका माध्यामिक बिद्यालयका प्रअहरुले प्रस्ताबित गरेका बिभिन्न एजेन्डाहरुमा छलफल गरी निर्णय समेत गरिएको छ । कार्यक्रममा बर्दियामा निरक्षर उन्मुलनका लागि साक्षरता कार्यक्रम, जिल्ला शिक्षा कार्यालयबाट प्राप्त रकम निकासा, छात्राबृति रकम बितरण, शिक्षक नियुक्त र तलव भत्ता, बिद्यालय व्यवस्थापन समितिको गठन र कार्यबिधि, शिक्षा बिभागको निर्देशन, लेखा परिक्षण, बाल बिकास केन्द्रको खाजा लगायतका बिषयहरुमा छलफल गरिएको थियो । कार्यक्रममा प्रमूख अतिथि रहनु भयका मध्यपश्चिम क्षेत्रिय शिक्षा निर्देशनालय सूर्खेतका क्षेत्रीय शिक्षा निर्देशक रामप्रसाद उपाध्यायले प्रमुख अतिथिको आशनबाट बोल्दै बर्दिया जिल्ला अत्यन्तै अनुशासित जिल्लाको रुपमा परिचित रहेको भन्दै सबै जना शिक्षाको ंडुँगामा हिडीरहेकोले शिक्षाको क्षेत्रलाई सुधार्न सबै जना एक जुट भएर लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा थप बोल्दै निर्देशक उपाध्यायले कतिपय ठाउमा श्रोत ब्यक्तिलाई जिल्ला सिक्षा कार्यलयको कर्मचारीको रूपमा बुझ्ने गरियकाले सो बुझाई नगरी प्रजातन्त्रको परिभाषा झै स्रोत व्यक्तिको पनि सोही किसिमको परिभाषा रहि आएकोले स्रोत व्यक्तिहरुलाई सबै बिधालयहरुका प्र अ, शिक्षक लगायत सबैले सहयोग गर्नुपर्ने कुरामा जोड दिनु भयो । उहाँले बिद्यालय व्यवस्थापन समिति गठन गर्दा राजनितिक समस्या कहिकतै देखिन आउने हुदा शिक्षाको क्षेत्र राजनिति रहित भएकाले त्यसमा सबैले ध्यान दिन जरुरी रहेको जानकारी गराउनू भयो । कार्यक्रममा बिशेष अथिति रहनु भएका उच्च माध्यामिक शिक्षा परिषद कोहल्पुरका राजेन्द्र अधिकारीले बिशेस अतिथिको आसन बाट बोल्दै बर्दिया जिल्लामा ३८ ओटा उच्च मा बि संञ्चालन भएका मध्य केही उच्च माबिहरु सञ्चालन गर्न असहज भईरहेकोले यसलाई सुधार गर्न लागि पर्ने आग्रह गनुभयो ।

बर्दिया जिल्ला शिक्षाके क्षेत्रमा अगाडी बढी रहेका बेला कक्षा एघारमा मा ३१ सय भन्दा बढी बिद्यार्थीहरु अध्यन गर्न भनि भर्ना भएको जानकारी गराउर्दै उहाले बर्दिया जिल्लामा प्राबिधिक धारको दुई ओटा बिषय सञ्चालन भईरहेको बताउनु भयो । शिक्षा क्षेत्रलाई अझ गुणस्तर युक्त बनाउन नयाँ प्राबिधिकहरु बाट पाठ्याक्रमको तयारी भईरहेको उहाँले बताउनु भयो । कार्यक्रममा बिसेस अतिथिका रूपमा रहनु भयका बर्दिया जिल्ला शिक्षा अधिकारी जित बहादुर साहले बर्दिया जिल्लालाई पूर्णरूपले साक्षर बनाउन लागीपर्नु भयका प्र अ तथा शिक्षकहरुलाई धन्याबाद ज्ञापन गर्दै बर्दिया जिल्लामा चार ओटा गा बी स लाइ साक्षर गा बी स घोषणा समेत गरीसकियको बताउनु भयो । थप बोल्दै उहाले शिक्षकले सिकायको उपलब्धि के कती भयो भन्दै लेखा जोखा गर्न आग्रह गर्दै प्र अ हरुलाई पनी आफ्नो योजना पनी बनाई बिधालयलाई अगाडी बढ़ाउन सहयोह गर्नु पर्नेकुरामा जोड़ दिनु भयो ।
कार्यक्रममा जिल्ला सिक्षा अधिकारी जित बहादुर साहलाई बैठक कार्यक्रमकै अध्यक्ष रहनु भयका त्रिभुबन उच्च माध्यामिक बिद्यालएका प्र अ संकर प्रसाद खनालले मायाको चिनो प्रदान गर्नु भयको थियो । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी जितबहादुर शाह, साहायक जिल्ला शिक्षा अधिकारी निलकण्ठ रेग्मी, बिभिन्न शिक्षक संगठनका प्रतिनिधी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम त्रिभुबन उच्च माध्यामिक बिद्यालय ककौराका प्र अ शंकरप्रसाद खनालको अध्यक्षतामा भएको हो ।






0 comments
Write Down Your Responses