बाँसगढीमा उत्कृष्ट तीन महिला स्वास्थ्य स्यमसेबिकालाई सम्मान गरीयो ।।
बर्दिया, मंसिर १९ आज १२ औ राष्टिय महिला स्यमसेबिका दिवसको अबसरमा बाँसगढीमा अन्र्तक्रिया तथा समान कार्यक्रम गरिएको छ । बाँसगढी नगरपालीका भित्रका महिला स्वास्थ्य स्यमसेबिका मध्यका उत्कृष्ट ३ जनालाई नगद २० हजार सहित दोसल्ला ओराई समान गरिएको छ । सम्मानित हुने बाँसगढी नगरपालीका वडा नम्बर ९ कि महिला स्वास्थ्य स्यमसेबिका सिता थारु, वडा नंम्बर ६ की पुतली थापा र वडा नंम्बर ४ की निर्मला चौधरीलाई समान गरिएको हो । “महिला स्वास्थ्य स्वयंसेविकाको सेवा, स्वास्थ्य समाजको लागि टेवा” भन्ने नारा सहित स्वास्थ्य सम्बन्धी अन्र्तक्रिया पनि गरिएको हो । कार्यक्रममा स्वास्थ्य चौकी मोतिपुरका प्रमुख सुरेश कुमार रेग्मी, स्वास्थ्य शिक्षाको बिषयमा जानकारी गराउनु भएको थियो । बाँसगढी नगरपालीकाका कार्यकारी अधिकृत बखत बहादुर खड्कको प्रमुख आथित्यमा भएको कार्यक्रममा करिब १ सय जनाको सहभागीता रहेका थियो ।



0 comments
Write Down Your Responses