महिला सहभागिता र लैगिंक हिंसा बिरुद्ध बाँसगढीमा १ दिने अन्तरकृया
राजनितिमा महीला सहभागिता र लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत आज बर्दियाको बाँसगढीमा १ दिने अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेको भातृ संगठन अखील नेपाल महिला संघ बाँसगढी नगर कमिटीको आयोजनामा भएको अन्तरकृयामा बाँसगढी नगरपालिकाका ७५ भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो । प्रमुख अथितिको आसन बाट बोल्दै व्यवस्थापिका संसद सदस्य श्याम ढकालले नेपालको संबिधान २०७२ ले नेपाली महीलाहरुलाइ पुर्ण रुपमा पुरुष सरह अधिकार दिएकोले यसलाई व्यवहारमा लागु गर्न सबैले पहल गर्नु पर्ने बताउनु भयो । अखील नेपाल महिला संघ बाँसगढी नगर कमीटीका अध्यक्ष मञ्जु काफ्लेको अध्यक्षतामा भएको कार्यक्रमका अन्य अथितिमा अखील नेपाल महिला संघ बर्दियाका अध्यक्ष कौशीला सींह, नेकपा एमाले बर्दियाका सचिव शालिकराम अधिकारी, नेकपा एमाले जिल्ला सदस्य तथा बाँसगढी नगर इञ्चार्ज तिलक हमाल लगाएत रहनु भएको थियो ।
0 comments
Write Down Your Responses