एक दिने र्याली तथा मैत्रिपुर्ण महिला पुरुष फुटबल खेल बांसगढ़ीको बेलौलीमा सम्पन्न

घर शान्ति नै बिश्व शान्तिको आधार पुनरनिमार्ण शिक्षा र सम्मान व्यबहार भन्ने मुल नारा सहित बाँसगढी 
नगरपालीका ६ बेलौलीमा एक दिने र्याली तथा मैत्रिपुर्ण महिला पुरुष फुटबल खेल आज बेलौलीमा सम्पन्न भएको छ । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानलाई सफल पार्न युवा सञ्जाल डेउढाकला, सामुदायिक मेलमिलाप केन्द्र डेउढाकला, जनजागरण महिला सँघ बर्दियाको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा महिला हिंसा अन्त्य गरौ कुरा होईना काम गरौँ घरेलु हिंसा अन्त्य गरी लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सफल पारौँ भन्ने नारा लगाउदै बेलैली गाँउ परिक्रमा गरिएको थियो । र्याली पछि भएको कोण सभामा बोल्दै परिबर्तन महिला सशक्तिकरण बेलैलीकी अध्यक्ष गंगा सुनारले महिला हिंसाको शुरुवात घर बाटै हुने भएकाले महिला हिंसा अन्य गर्न आआप्mनो घर बाटै सुरु गर्नुपर्ने बताउनु भयो । त्यस्तै परिबर्तन महिला सशक्तिकरण महिला समुह बेलैलीकी सचिव प्रमिला बुढाले महिला हिंसित नभएर लैगिक हिंसाको रुपमा यस्ता हिंसाहरु हुने भएकाले गाँउ टोल छिमेक बाटै लैगिक हिंसा अन्त्य गर्न सबै लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा युवा सञ्जाल मध्य तथा सुदुरपश्चिम तथा बर्दिया जिल्ला र डेउढाकला गाबिसका संयोजक केशव टमाटाले महिला हिंसा अन्य गर्न पहिले देखिनै धेरै प्रयास भईरहेता पनी अझै पनि समाजमा महिलाहरु घरेलु हिंसामा परेर पनि डर त्रासका कारण हिंसाको बिरोध गर्न नसकिरहेका महिलाहरुले निर्धक्कका साथ आफनो महिला अधिकारको प्रयोग गरी महिला हिंसाको बिरुद्धमा उत्रन आग्रह गर्नुभयो । कार्यक्रमको अध्यक्षताबाट बोल्दै सामुदायिक मेलमिलाप केन्द्र डेउढाकलाका संयोजक गोपाल वलीले महिला हिंसा बिरुद्धको १६ दिने अभियानमा सहयोग गरी महिलाहरुलाई अगाढी बढाउन  राजनितिक दल, बुद्धिजिबी सबै एक भएर लाग्नु पर्ने बताउनु भयो । मैत्रिपुर्ण खेलमा सहभागी महिला समुहलाई फुटबल प्रदान गरिएको थियो । कार्यक्रममा स्थानिय युवा क्लब, बिभिन्न महिला समुहहरु, राजनितिक दल लगायतको सहभागीता रहेको भियो ।

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News