बर्दिया जिल्लाको विकासका सवालमा स्थानीय संचार माध्यमको भूमिका’ बिषयक अन्तरसम्बाद कार्यक्रमका सम्पन्न

बबई साप्ताहिक पत्रिकाको १४ औं बार्षिकोत्सवका अबसरमा आइतबार गुलरियामा ‘बर्दिया जिल्लाको विकासका सवालमा स्थानीय संचार माध्यमको भूमिका’ बिषयक अन्तरसम्बाद कार्यक्रमका सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै बर्दिया क्षेत्र नं. २ का माननीय सांसद तथा नेपाली काँग्रेस बर्दियाका सभापति संजयकुमार गौतमले जिल्लाको विकासका लागि संचारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताए । बर्दियाका निमित्त प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले संचारमाध्यमको सूचना र समाचारले विकासमा टेवा पु¥याउने बताए । सूचना प्रवाहले संभावित समस्याको रोकथाम गर्न समेत सहयोग पुग्ने उल्लेख गरे । नेकपा (एमाले) बर्दियाका अध्यक्ष हरि ज्ञवालीले जिल्लाको विकासका लागि एकीकृत प्रयासको खाँचो रहेको उल्लेख गरे ।
एकीकृत नेकपा (माओवादी)का केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला अध्यक्ष तिलक शर्मा ‘हिमाल’ले संचारमाध्यमको तर्फबाट बर्दिया जिल्लामा पहिलोपटक विकासको बिषयमा अन्तरसंवादको आयोजना गरिनु सकारात्मक र स्वागतयोग्य भएको बताए । कार्यक्रममा नेपाली काँग्रेस बर्दियाका सचिव तेजराज भाट र राप्रपा बर्दियाका अध्यक्ष मेघनाथ अधिकारी, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष मिनराज शर्मा, गुलरिया नगरपालिकाका कार्यकारी अधिकृत धर्मराज न्यौपाने लगायतले बोलेका थिए । कार्यक्रममा बबई साप्ताहिक पत्रिका प्रकाशनमा निरन्तर सहयोग पु¥याउँदै आइरहेका अधिकारकर्मी तथा लेखक शुशिल चौधरी, पत्रकार राजेन्द्रप्रसाद धिताल र यादव आचार्यलाई सम्मान गरिएको थियो । कार्यक्रममा रामज्ञानु एफ एमका स्टेशन म्यानेजर सितल थापाले कार्यक्रमको बिषयबस्तुसंग सम्बन्धित कार्यपत्र पेश गरेका थिए । बबई साप्ताहिकका सम्पादक मेघराज सिग्देलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नागरिक समाज संजालका संयोजक बालकृष्ण ओली, बर्दिया बारका अध्यक्ष संजीवकुमार कर्ण, प्रेस चौतारीका मानवहादुर चौधरी, प्रेस युनियनका बिनय राजभण्डारी, क्रान्तिकारी पत्रकार संघका मेनका चौधरी लगायतले बोलेका थिए ।

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News