सबिधान कसले मान्यो मानेन भन्नु भन्दा पनि कार्यान्वयन तर्फ लाग्नु पर्ने :संजय गौतम
व्यवस्थापिका संसदका सदस्य संजय गौतमले अहिलेको सबिधान कसले मान्यो मानेन भन्नु भन्दा पनि कार्यान्वयन तर्फ लाग्नु पर्ने कुरामा जोड दिनु भयो । बाँसगढी नगरपालीकाको आयोजनामा “ नेपालको सबिधान जनताको सबिधान” “ जनताको सबिधान जनताको माझमा ” राष्ट्रब्यापी प्रचार प्रसार अभियान अन्र्तगत सोमबार बाँसगढीमा भएको कार्यक्रममा बोल्दै गौतमले यस्तो कुरामा जोड दिनु भएको हो । बर्दिया क्षेत्र नम्बर २ का सभासद समेत रहनु भएका गौतमले अहिलेको सबिधान जनजाती, किसान, आदिबासी, मधेशी लगायत सबैको मैत्री सबिधान रहेको बताउनु भयो । उहाँले तराईमा अझै पनि समाबेशी र समानुपातिक आधारमा बिभिन्न आन्दोलनहरु भईरहेको बेला हामीले आरोप प्रत्यारोप गरेर राजनितिक क्रान्ति गर्नु भन्दा पनि आर्थिक क्रान्ति तर्फ लाग्नु पर्ने कुरामा जोड दिनु भयो । नेपालको सबिधान २१ औँ शताब्दीको उत्कृष्ठ सबिधान भएको गौतमको भनाई रहेको थियो ।
कार्यक्रममा बिशेष अथिति रहनु भएका स्थानिय बिकास अधिकारी तेजराज शर्माले नेपाली जनताले २००७ साल पछि आफैले बनाउने सबिधानको ईच्छा जन्ताको अहिले पुरा भएको बताउदै नेपालमा धेरै सबिधान बनेता पनि अहिलेको सबिधानले दिए जतिको हक अधिकारहरु पहिलेका सबिधानले दिन नसकेको बताउनु भयो । त्यस्तै बारएसोसियसन बर्दियाका नरेन्द्र शर्माले अन्तरिम सबिधानको मुल बिशेषताको बारेमा प्रकास पार्नु भएको थियो । उहाले सबैधानिक सर्बोच्ता, समानुपातीक समाबेशीता सिन्द्धान्त, मौलीक हक सबन्धी ३१ ओटा व्यवस्था, आयोगहरुको व्यवस्था, नागरिकता सम्बन्धीका व्यवस्थाहरुको बारेमा पुर्ण रुपले जानकारी गराउदै अहिलेको सबिधान पुर्ण बिद्येमान हुन ३ सय भन्दा बढी ऐनहरुलाई परिमार्जन गर्नु पर्ने देखिएको बताउनु भयो ।



0 comments
Write Down Your Responses