कसरी गर्ने एसएलसी तयारी ?
“कपीका पाना ज्ञानको क्यानभास वा धरातल हो भने कलम यसको केन्द्रित शक्ति, जसमा टेकेर मानव विचारहरुले संसार हल्लाउन सक्दछन् ।”
प्रभात सुवेदी ।
भाग ४ । यसअघि प्रकाशित गरिएको तेस्रो भागबाट प्राप्त सल्लाह सुझाव तथा प्रतिक्रियाका लागि आम पाठक वर्गहरुमा आभार प्रकट गर्न चाहन्छु । साथै फेसबुक, टुइटरबाट, साझा सवाल अनलाइनमा प्रकाशन गरिएको आलेखलाई लाइक तथा सेयर गरिदिनुहुने सम्पूर्ण महानुभावहरुमा हार्दिक कृतज्ञता प्रकट गर्दै गत अंकमा बाचा गरेअनुरुप यो अंकमा परीक्षामा लेखनको सीपका बारेमा केही चर्चा गर्ने जमर्को गरेको छु ।
प्रभात सुवेदी ।
भाग ४ । यसअघि प्रकाशित गरिएको तेस्रो भागबाट प्राप्त सल्लाह सुझाव तथा प्रतिक्रियाका लागि आम पाठक वर्गहरुमा आभार प्रकट गर्न चाहन्छु । साथै फेसबुक, टुइटरबाट, साझा सवाल अनलाइनमा प्रकाशन गरिएको आलेखलाई लाइक तथा सेयर गरिदिनुहुने सम्पूर्ण महानुभावहरुमा हार्दिक कृतज्ञता प्रकट गर्दै गत अंकमा बाचा गरेअनुरुप यो अंकमा परीक्षामा लेखनको सीपका बारेमा केही चर्चा गर्ने जमर्को गरेको छु ।

अक्षर लेख्नका लगि कलमको आवश्यकता पर्दछ । अक्षर भन्दा पनि पहिला मानव स्नायुको केन्द्रिय प्रणाली मस्तिष्कले दिएको निर्देशन अनुसार हातका औंलाहरुले समातेर कलमको टुप्पो घुमाई घुमाईकन हामी लेख्दछौं र मस्तिष्कले दिएको निर्देशनको पूर्ण रुपमा हातका औंलाहरु वा कलमको मसीले पूर्ण रुपमा परिपालना गरेको हुन्छ । अझ भनौं कि, कुनै व्यक्तिले लेखको अक्षर वा हस्ताक्षरबाट उसको आचरण, वानी व्यहोरा समेत अवगत हुन्छ । भनिन्छ, अक्षरमा हुने तरङ्गीय भावहरु ९भाइब्रेसन० ले नै मानिसको पहिचान दिन्छ ।
यति मात्र हैन कि अक्षरहरुलाई उसले कसरी व्यवस्थित गर्दछ वा कपीको पानामा उसले अक्षरहरु कहाँ र कसरी लेख्यो भन्ने कुरा समेत महत्वपूर्ण हुन जान्छ । त्यसैले आम विद्यार्थीहरु वा सबै अध्ययनशील र लेखनमा शोख राख्नुहुने महानुभावहरुका लागि पनि यो आलेखले केही सहयोग पु¥याएमा मेरो प्रयास सार्थक रहेको मान्नेछु ।
यस आलेखमा विशेषगरी एसएलसी दिने भाइबैनीहरुका लागि केन्द्रित गरी केही जानकारीहरु पस्किने जमर्को गरिएको छ । त्यसो त लेखन वा अध्ययनमा रूची राख्नुहुने जो कोहीलाई पनि यो आलेख सहयोगी हुने कुरामा विश्वस्त छु ।
“कपीका पाना ज्ञानको क्यानभास वा धरातल हो भने कलम यसको केन्द्रित शक्ति, जसमा टेकेर मानव विचारहरुले सन्सार हल्लाउन सक्दछन् ।” तसर्थ टेक्नका लागि सही तरीका भएन भने मानिस लड्खडाउन सक्दछ जसका कारण ठूलो दुर्घटनामा पर्न सक्दछ । त्यसैले यो धतरातलमा कसरी टेक्ने भन्ने कुरा राम्ररी जान्न र बुझ्न जरुरी हुन्छ ।
सर्वप्रथमा कपी पाएपछि ९उत्तरपुस्तिका० कपि राम्ररी हेर्नु पर्दछ । कपिमा पानाहरु के कस्ता छन् रु कुनै पानाहरु चयतिएका पो छन् कि रु कतै खुम्चिएका पो छन् कि रु कुनै पानामा प्वाल परेको वा भिजेको हुन सक्दछ । यस्ता कुराहरु हेरीसकेपछि अव कपीको शुरुमा दिएको विवरण राम्ररी भर्नु पर्दछ ।
परीक्षामा लेखन सीपको कुरा गर्दा सबैभन्दा पहिला कपीको व्यवस्थापनको कुरा आउँछ ।
जसरी खेतमा बीऊ छर्नुपूर्व, खनजोत गर्ने, पानी लगाउने, माटोको परीक्षण पछि आवश्कता अनुसार मल राखी पूर्ण रुपले खेतबारी तयार गरिन्छ, त्यसैगरी कपीमा लेखनपूर्व कपीमा लेख्नुपर्ने कुराहरु आफ्नो नाम, रोल नं।, परीक्षाको नाम, विषय, परीक्षा मिति, पत्र, केन्द्र आदि विवरणहरु सावधानीपूर्वक भर्नु पर्दछ । यदि यी विवरणहरु भर्न छुट्यो वा राम्ररी भरिएन भने परीक्षा नै रद्ध हुने प्रवल सम्भावना हुन्छ । एसएलसीका उत्तरपुस्तिकाहरु परीक्षण गर्ने क्रममा हामीले कतिपय यस्ता कपीहरु भेटेका छौं जुन कपीहरुमा रोल नम्बरहरु नै प्रष्ट नलेखिएका हुन्छन् वा कुनै कपीहरुमा त रोल नम्बर नै लेख्न छुटेका पनि हुन्छन् ।
त्यस्ता कपीहरु परीक्षण गरी अंक चढाउन असम्भव हुन्छ । तसर्थ सम्पूर्ण परीक्षार्थी भाइबैनीहरुमा सबैभन्दा पहिला कपिको शुरुमा दिइएका विवरणहरु पूर्ण रुपमा निकै नै सावधानीका साथ भर्नु पर्दछ । त्यसपछि अव कपीका पानाहरुमा मार्जिन मिलाउनु पर्दछ । यदि कपीमा नै मार्जिन लाईन दिइएको छ भने मार्जिन लाईन तान्नु आवश्क छैन । तर, नदिएको खण्डमा भने मार्जिन लाइन तान्नु पर्दछ । यसरी लाइन तान्दा सीधा तान्नु पर्दछ । यसका लागि स्केल र पेन्सिलको प्रयोग गर्न सकिन्छ ।
यसरी कपीको व्यवस्थापन गरेर सकेपछि प्रश्नपत्र पाएपछि उत्तर लेख्नुपूर्व प्रश्नपत्रको पनि राम्ररी अध्ययन गर्नु जरुरी हुन्छ, किनकी प्रश्नपत्र पनि च्यातिएको, पुरा नभएको हुन सक्दछ साथै छपाई अस्पष्ट भएको प्रश्नपत्र परेमा पनि राम्ररी प्रश्न नबुझिएका कारण उत्तर गलत हुन सक्दछ । यस्तो कुरामा पनि परीक्षार्थीहरु निकै सजग हुनु आवश्क पर्दछ ।
अव उत्तर लेख्दा सकेसम्म प्रश्नका उत्तरहरु लेख्दा सकेसम्म सिरियल रुपमा नै लेख्दा जरुरी हुन्छ । यसो गर्दा परीक्षार्थीको आत्मविश्वास र ज्ञानको अभिवृत्तीका बारेमा परीक्षकले शंक ागर्ने कुनै ठाउँ रहँदैन । जसका कारण परीक्षकको परीक्षार्थीप्रति सकारात्मक धारणा बन्दछ । यता र उता गज्याङगुजुङ पारेर लेखिएको खण्डमा परीक्षकको मन जित्न गाह्रो हुन्छ । त्यसैले लेखनको साजसज्जामा पनि विशेष ध्यान दिनु जरुरी छ ।
प्रश्नहरु हल गर्दा कहिल्यै पनि प्रश्न नम्बर, उपप्रश्न भएमा उपप्रश्नहरु लेख्नु पर्दछ । यो कुरामा कहिल्यै पनि गल्ती गर्नु हुँदैन । प्रश्न नम्बर ‘ को उत्तर भनी लेख्नु पर्दछ । प्रश्न सार्नु आवश्क छैन । तर, कुनै प्रश्न पुर्नलेखन गर्नुपर्ने भएमा लेख्नु आवश्यक हुन्छ । जस्तो कि खाली ठाउँ भर्नुपर्ने, शुद्ध गरी लेख्नुपर्ने, जोडा मिलाउनुपर्ने आदि अवस्थामा भने प्रश्न लेख्न आवश्क पर्दछ । कुनै प्रश्नको उत्तर लेख्दै जाँदा लेख्दै गरेको पानामा थोरै मात्र ठाउँ रह्यो र अर्को प्रश्नको उत्तर बाँकी स्थानमा नअटाउने अवस्था आएको खण्डमा अर्को पानामा लेख्नु राम्रो हुन्छ ।
यसको अर्थ के हो भने सकभर सम्भव भएसम्म एउटा प्रश्नको उत्तर एउटै पानमा लेख्नु राम्रो हुन्छ । विवेचनात्मक प्रकृतिको उत्तर भएमा भने लगातार नसकिने अवस्थासम्म लेख्न सकिन्छ । तर यसको लागि समयको व्यवस्थापन गर्नु जरुरी हुन्छ । उत्तर लेख्दा अत्यन्तै आवश्यकीय कुराहरु मात्र लेख्नु पर्दछ । अनावश्य क र प्रश्नले नमागेको कुराहरु लेखेर समय वर्वाद गर्नुभन्दा सटिक रुपमा आवश्यक कुराहरु मात्रै लेख्नु अत्यन्तै बुद्धिमानी हुन्छ ।
कुनै प्रश्नको उत्तर लेखिसकेपछि दुई लाइन छोड्दा राम्रो हुन्छ ताकि परीक्षकलाई उत्तर छुट्याउन सजिलो होस् । यही संरचनामा परीक्षा अगाडि घरमा नै बसेर नियमित रुपमा समय छुट्याएर प्रश्नपत्रका नमूनाहरु हल गरेमा एकातिर आत्मविश्वास बृद्धि हुँदै जान्छ भने अर्कोतिर परीक्षाको डर पनि बिस्तारै कम हुँदै जान्छ । जसले गर्दा परीक्षामा प्रश्नपत्र गर्ने शैलीको विकास हुन्छ ।
यसैगरी घरमा नै बसेर परीक्षार्थीहरुले अभ्यास गरिरहनुभएको होला । यदि गर्नुभएको छैन भने आजैदेखि यसै अनुरुप अभ्यास गर्नुहुन अनुरोधसाथ एसएलसी तयारीका लागि लेखिएको यो लेखको चौथो भागलाई यहिँ नै विराम दिनु चाहन्छु ।
अवको भागमा भने अध्ययनका विविध तरीका र पढेका कुराहरुलाई कसरी सम्झने ९याद गर्ने रु० भन्ने सन्दर्भमा केन्द्रित रहने छ । प्रतिक्षा गर्नुहोला । धन्यवाद ।
साभार साझा सबाल डटकम
“कपीका पाना ज्ञानको क्यानभास वा धरातल हो भने कलम यसको केन्द्रित शक्ति, जसमा टेकेर मानव विचारहरुले संसार हल्लाउन सक्दछन् ।”
प्रभात सुवेदी । - See more at: http://sajhasabal.com/blog/news/kasari-garne-slc-pass/#sthash.Q7Ac7kXx.DpYSIiX2.dpuf
प्रभात सुवेदी । - See more at: http://sajhasabal.com/blog/news/kasari-garne-slc-pass/#sthash.Q7Ac7kXx.DpYSIiX2.dpuf
“कपीका पाना ज्ञानको क्यानभास वा धरातल हो भने कलम यसको केन्द्रित शक्ति, जसमा टेकेर मानव विचारहरुले संसार हल्लाउन सक्दछन् ।”
प्रभात सुवेदी । - See more at: http://sajhasabal.com/blog/news/kasari-garne-slc-pass/#sthash.Q7Ac7kXx.DpYSIiX2.dpuf
प्रभात सुवेदी । - See more at: http://sajhasabal.com/blog/news/kasari-garne-slc-pass/#sthash.Q7Ac7kXx.DpYSIiX2.dpuf
0 comments
Write Down Your Responses