बर्दियामा झारफुक गर्दा आगो लागी घाईते महिलाको मृत्यु ।।

 बर्दिया माघ २७
बर्दियामा झाँक्रीले झारफुक गर्दा जलेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । २६ बर्षिय सिता अधिकारी बिरामी भएपछि बाबुले बाँसगढी नगपालीका ११ माछागढ खैरेनी टोलका धामी रुद्र बिक कहाँ झारफुक गराउन लगेका थिए ।

बिरामीलाई झाक्रीले झारफुक गर्ने क्रममा मकैको मुठोमा आगो बालेर झारफुँक गर्दा अधिकारीको म्याक्सीमा आगो लागी घाईते भएकी थिईन । घाईते अधिकारीको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको थियो । जमुनि ९ शान्तिपुर घर भई माईती धधवार ३ कतर्निया आएकी अधिकारी बिरामी भएपनि बुवा रायश्वर अधिकारीले यहि माघ २२ गते झाँक्री कहाँ लगेका थिए ।

 घाईते अधिकारीलाई स्थानीय मेडिकल, नेपालगंज अञ्चल अस्पताल हुदै भारतको लखनउ रिफ गरीएको थियो । घाईते अधिकारीको बुधबार बिहान बिहान ३ बजे लखनौ उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय मोतिपुरका प्रहरी निरिक्षक चन्द्रबहादुर थापाले जानकारी दिए ।

 प्रहरी निरिक्षक थापाका अनुसार बिरामी अधिकारीका बाँबुले झाँक्रीले झार फुक गर्दा जलेको खवर गाँउ समाज छरछिमेक र बिरामीको श्रीमानलाई समेत नभनी उपचारका लागि अस्पताल पुर्याएका थिए । झारफुक गर्ने झाँक्रीको घरमा जादा झारफुक गर्ने झाक्री नेपालगञ्ज गएको खबर पाएको र खोजी कार्य भईरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिएका थिए ।

, , ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News