रोजगारका लागि विदेशमा गएका युवाहरुले आफ्नै गाउँमा रहेको विद्यालयलाई सहयोग प्रदान गरेका छन् । बर्दिया ९ जमुनी शान्तिपुर घर भई हाल विदेशमा कार्यरत युवाहरुले आफ्नै गाउँका विद्यालयलाई ३ लाख वरावरको सामाग्री सहयोग प्रदान गरेका छन् । अहिलेको आधुनिक युगमा पनि आफुले अक्षर चिनेको स्कूलमा प्रगति हुन नसकेको देखेर उनिहरुलाइ सहयोगी भावना उजागर भएर सहयोगी भावना आएको प्रवासी समाजले बताएको छ । आज एक कार्यक्रमका विच विदेशमा रहेका युवाहरुले गरेको सहयोगले विद्यालयलाई चाहिने ३ थान कम्प्युटर, १ थान प्रिन्टर, ४ सेट टेवल, १ थान स्टिल दराज, १ थान इन्भटर र स्टेप्लाईजर विदेशमा रहेका युवाहरुले पठाएको रकमले खरिद गरिएको छ । विदेशमा रहेर आफ्नो खाजा खर्च तथा पेट मारेर पनि सहयोग गर्नु युवाहरुले उदाहरणीय काम गरेको पुर्व उद्योग मन्त्री कर्ण बहादुर थापाले बताउनुभयो ।अहिलेको युगमा कम्प्युटर चलाउनु भन्दा बनाउन तिर लागे देश समृद्धतिर जाने उहाँले बताउनुभयो । रोजगारका लागि विदेश गएका युवाहरुले सहयोग प्रदान गरेको देखेर आफु पनि सहयोग प्रदान गर्ने पुर्व मन्त्री थापाले रु २५ हजार सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । आफुहरुलाई अक्षर चिन्न सिकाएको श्री जगदम्बिका निमावि बर्दियाको शैक्षिक स्तर सुधार्नको लागि विदेशमा रहेर पनि सहयोग गर्नु आफनो गाउँप्रतिको माया रहेको बर्दिया मैनापोखरका श्रोत व्यक्ति भगवती ज्ञवालीले बताउनुभयो । विद्यालयको शैक्षिक उन्नतिको लागि शैक्षिक सामाग्री प्रदान गर्नु मात्रै ठुलो कुरा नभएको बताउदै यसलाई पुर्ण रुपमा सदुपयोग गर्न अपरिहार्य रहेको बताउनुभयो । विदेशमा पसिना बगाउदा समेत आफ्नो देशको आफुले पढेको विद्यालय प्रतिको माया मोह रहि रहन आवश्यक रहेको छ । शान्तिपुर प्रवासी तथा गाउँवासी समाजका कोषाध्यक्ष सन्जिव विकले गाउँ विकासमा अहिले कम्प्युटरको जरुरी रहेको हुनाले कम्प्युटर सहयोग गरेको बताउनुभयो । विदेशका विभिन्न ठाउँमा सहयोग प्रदान गरि सहयोग गर्नेमा अष्ट्रेलियामा कार्यरत विजय मल्लले ५० हजार, कतारमा कार्यरत इश्वरी केसीले ३० हजार, साउदी अरवमा कार्यरत सुसिल सुनारले २० हजार, कुवेतमा कार्यरत नरेन्द्र विसीले १७ हजार, साउदी अरवमा कार्यरत गणेश
बर्दिया खबर
0 comments
Write Down Your Responses