Feature,
News
»
नेपाल र भारतबीच सात बुँदे सम्झौतामा हस्ताक्षर ।।
नेपाल र भारतबीच सात बुँदे सम्झौतामा हस्ताक्षर ।।
नेपाल र भारतबीच सात बुँदे सम्झौतामा हस्ताक्षर भएको छ । नेपालका प्रधानमन्त्री के.पी. शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा आज नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा नेपाल र भारतबीच सातबूँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो । दुई देशका प्रधानमन्त्रीबीच हैदरावाद हाउसमा एक्ला एक्लै वार्तापछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा भएको द्विपक्षीय वार्ताका क्रममा नेपाल र भारतबीच सात बूँदे सहझदारी पत्रमा हस्ताक्षर भएको हो ।

जस अनुसार, नेपाल र भारतबीच नेपाललाई भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले उपलब्ध गराउने घोषणा गरेको २५ अर्ब रुपैयाँ अनुदान र ७५ अर्ब सहुलियत ऋणको उपयोग, तराईमा सडक सञ्जालको विस्तार र संगीत तथा नाट्य प्रतिष्ठान क्षेत्रमा सहकार्य सम्बन्धी सम्झौता भएका छन् । यसैगरी, नेपालका लागि काँकडभिट्टा बंगलाबन्ध कोरिडार पारबहन सुविधा, विशाखापट्टनम बन्दरगाह उपयोग, विशाखापट्टनम सिंहबाद रेगमार्गको उपयोग गर्ने सम्बन्धी समझ्दारी पनि रहेका छन् । कार्यक्रममा प्रधानमन्त्री के.पी. शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ढल्केबर मुजफरपुर अन्तरदेशीय विद्युत प्रसारण लाइनको रिमोट कन्ट्रोलबाट संयुक्त रुपमा उद्घाटन गर्नुभयो । ढल्केबर मुजफरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आजैदेखि भारतबाट ८० मेगावाट विद्युत नेपालमा आपूर्ति भएको पनि जानकारी दिइयो । आयात हुने बिजुलीको मूल्य प्रतियुनिट ७ रुपैयाँ ३ पैसा पर्नेछ ।
0 comments
Write Down Your Responses