भारतीय प्रधानमन्त्री मोदीद्वारा संविधानको प्रशंसा ।।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतको सम्बन्ध अब नयाँ उचाईमा अघि बढ्ने बताउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले अब नेपालको सम्बन्ध नयाँ उचाईका साथ अघि बढ्ने दावी गर्नुभयो । भारतीय प्रधानमन्त्री मोदीले संविधानसँग जोडिएका सबै मुद्दालाई सन्तोजनक निवारण गर्न आग्रह गर्नुभयो ।
विगतमा आफूहरुबीच केहि असमझादारी भएपनि लामो समय नरहेको बताउनुभयो । अवसरमा ओलीले भूकम्पपछि भारतले गरेको सहयोगका लागि नेपाल र नेपाली जनताको तर्फबाट धन्यवाद समेत प्रकट गर्नुभयो । उहाँले राष्ट्रपति भवनमा गरिएको स्वगतका लागि धन्यवाद ज्ञापन गर्दै नेपाल र भारतबीचको सम्बन्ध औपचारिकतामा मात्र सिमित नरहेको र यसलाई इतिहास, संस्कृति र भुगोलले जोडेको बताउनुभयो । प्रधानमन्त्रीओलीले पनि नेपाललाई दिएको साथ र सहयोगले आभारी भएको बताउनुभयो । विश्वको अर्थतन्त्रको पावर हाउसका रुपमा रहेका भारतबाट नेपालले धेरै सिक्नुपर्ने बताउनुभयो ।
यसअघि विहान प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राजकीय सम्मानका साथ स्वागत गर्नुभएको थियो । समारोहमा भारतीय सेनाले प्रधानमन्त्री ओलीलाई सम्मान गारत अर्पण गरेको थियो । प्रधानमन्त्री ओलीको सम्मानमा त्यस अवसरमा नेपाल र भारतका राष्ट्रिय धून बजाइएका थिए ।
0 comments
Write Down Your Responses