खेल क्षेत्रको विकासमा लाग्ने ओखलढुंगाका सांसदहरुको संयुक्त प्रतिवद्धता ।।
खेल क्षेत्रको विकासमा लाग्ने ओखलढुंगाका सांसदहरुले संयूक्त प्रतिवद्धता जनाएका छन् । जिल्लाका दुवै निर्वाचन क्षेत्रमा सुरु भएको निर्वाचन क्षेत्रस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगीता उद्घाटन विषेश कार्यक्रममा बोल्दै जिल्लाका चारै जना सांसदहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
खेलकुदको विकासका लागि आफुहरुले पनि सक्दो सहयोग गर्ने जिल्लाका सबै सांसदहरुको भनाई छ । जिल्लामा खेलक्षेत्रको विकासका लागि सधै लागि पर्ने भन्दै तत्कालका लागि सांसदहरु यज्ञराज सुनुवारले २ लाख, रामहरी खतिवडाले २ लाख र हर्कबोल राईले २ लाख ५० हजार रकम जिल्ला खेलकुद विकास समितिलाई उपलब्ध गराउने घोषणा गरेका छन् ।
0 comments
Write Down Your Responses