बाल बिकास तथा सहयोगी कार्यकर्ता अधिकार संरक्षण मञ्च माग गर्दै पत्रकार सम्मेलन
बाल बिकास तथा सहयोगी कार्यकर्ता अधिकार संरक्षण मञ्च गुलरियाले आज ८ बुदे माग गर्दै पत्रकार सम्मेलन गरेको छ । बाल बिकास केन्द्रलाई प्रभावकारी र सहयोगी कार्यकर्ताहरुको सेवा सुबिधाको माग सहित आज गुलरियाको नगर भवनमा प्रेस बिज्ञेप्ती माफत सो माग गरेको हो । मागहरुमा सहयोगी कार्यकर्ताहरुलाई प्राथमिक तहसम्म बराबरको सेवा सुबिधा दिनु पर्ने, सबै कार्यरत सहयोगी कार्यकर्ताहरुलाई स्थायी गरिनु पर्ने, सेवा सुबिधा पुनरतार्जकि, क्षेमता अभिबृद्धिको तालिमको व्यवस्था गरिनु पर्ने, बाल बिकास केन्द्रको लागी भवन चर्पी खानेपानीको राम्रो व्यबस्था गरिनु पर्ने रहेका छन ।
त्यस्तै समुदायमा आधारीत र बिद्यालयमा आधारित बालबिकास केन्द्रलाई सम्मान व्यवहार गरिनु पर्ने, उमेर पुगेका सहयोगी कार्यकर्ताहरुको मुल्यांकन गरि सेवा सुबिधा सहित अवकास गरिनु पर्ने लगायत ८ बुँदे माग गरिएको छ । अहिले बर्दियामा ६ सय ३७ ओटा बाल बिकास केन्द्र रहेका छन ।
0 comments
Write Down Your Responses