फागुन १४ देखि २० गतेसम्मको राशिफल

फाल्गुन १४, २०७२- 

मेष
तत्काल समस्या देखिए पनि सोमबारपछि प्रगतिको मार्ग पहिल्याउन सकिनेछ । भौतिक सुखले मात्र ढुक्क हुन नसकिएला । हतारमा गरिएको कार्यले सोचेजस्तो परिणाम दिनेछैन । सेतो रंग प्रयोग गर्दा मेहनत खेर जाँदैन । साताको अन्त्यमा मनोरञ्जनमा सहभागी भइनेछ । राति यात्रा गर्दा संयम अपनाउनुहोला । 

वृष
मन मिल्ने विदेशी साथीको सुझाव अनुसरण गर्दा गतिलो अवसर हात लाग्ने सम्भावना छ । नसोचेको विषयले फजुल खर्च गराउनेछ । स्वदेशमै नौला स्थानको भ्रमण गर्दै मनोरञ्जन गर्न पाइनेछ । विपरीत लिङ्गी साथीलाई वचन दिँदा संयम अपनाउनुहोला । सामाजिक कार्यमा सहभागिताको अवसर जुर्नेछ । 

मिथुन 
नयाँ क्षेत्रमा लगानी गर्ने अवसर जुट्न सक्छ । सामाजिक कार्यमा सरिक हुँदा मन पराउने साथी भेटिने सम्भावना छ । घरायसी व्यवहार सञ्चालन गर्ने जिम्मेवारी आइलाग्न सक्छ । भविष्यको चिन्ताले सताउनेछ । असहज परिस्थितिबाट उम्कन थप धैर्यता आवश्यक छ । सप्ताहन्तमा लक्ष्य प्राप्त गर्न सकिनेछ । 

कर्कट 
खर्च वृद्धि हुने सम्भावना छ । अवसरको खोजीमा थप दौडधूप गर्नुपर्ने हुन सक्छ । सहपाठीबीच मित्रताको बन्धन कसिनेछ । अनुशासन एवं उत्ताउलोपन प्रदर्शन गर्दा विवादमा परिएला, संयमित रहनुहोला । मंगलबार पछिका दिनहरूमा थप ऊर्जा प्राप्त हुनेछ । अभिभावकसँगको वैचारिक द्वन्द्वप्रति सचेत रहनुपर्नेछ । 

सिंह 
ठूलाबडाको प्रेरणाले मन दह्रो भै समस्याको जरा पहिल्याउन सहज हुनेछ । मेहनत गर्दा चित्तबुझ्दो अवसर प्राप्त हुने सम्भावना छ । प्रतिस्पर्धीले तपाईंको कमजोरी पत्ता लगाउने प्रयत्न गारिरहेका छन् । चुनैतीलाई अवसरका रूपमा आत्मसात् गर्न सके लक्ष्यमा पुगिनेछ । सद्व्यवहारले प्रतिष्ठा दिलाउनेछ । 

कन्या
नयाँ किसिमको योजना तर्जुमा गर्दै समय खर्चिनु पर्ने अवस्था छ । धन प्राप्तिका निम्ति पेसा–व्यवसाय एवं स्थान परिवर्तन हुनसक्छ । सवारी साधन खरिद गर्ने वातावरण केही समय पछाडि धकेलिन सक्छ । परिवारका सदस्यहरूसँग धार्मिक कार्यमा सहभागी हुँदै मठ–मन्दिरको भ्रमण हुनेछ । स्वास्थ्यप्रति ध्यान पुर्‍याउनुहोला । 

तुला
सामाजिक सञ्जालबाट शुभ चिन्तकहरूले विभिन्न जिम्मेवारी दिलाउनेछन् । व्यवसायको सिलसिलामा अन्य मुलुकको भ्रमण गर्नुपर्ने हुनसक्छ । शुभसन्देश प्राप्त हुनेछ । मन पराउने साथीले साझेदारीमा लगानी गर्ने उत्सुकता दर्साउँदा निर्णय गर्न ढिला नगर्नुहोला । पुण्य आर्जनमा सरिक भइनेछ । 

वृश्चिक 
प्रेमिका तपाईंलाई भेट्न आतुर भएको अवस्था छ । प्रतिभा प्रदर्शन गरी चर्चा कमाउन सकिन्छ । सुस्ती तथा हेलचेक्र्याइँका कारण छालासम्बन्धी रोगले सताउन सक्छ । बुधबारपछिका दिनमा भोजभतेरमा सहभागी हुने बाध्यात्मक निमन्त्रण आइलाग्न सक्छ । लामो यात्रामा सवारी चलाउँदा विशेष हेक्का राख्नुहोला । 

धनु 
जन आकर्षणको पात्र बन्न शरीरिक सुन्दरतामा विशेष ध्यान पुर्‍याउनुपर्नेछ । बिनाकारण प्रेमिका रिसाउन सक्छिन्, भावना बुझ्ने प्रयत्न गर्नुहोला । पहेंला फलफूल सेवन गर्दा स्वास्थ्य अनुकूल रहनेछ । घरायसी व्यवहारको चटारो रहनेछ, अभिभावकको सुझाव तथा भावना कदर गर्दा समस्या स्वत: निर्मूल हुनेछ । 

मकर
अतुलनीय उपलब्धि हात पार्न थप मेहनतको जरुरी छ । मन पराउनेहरूका सामु स्वभाविक व्यवहार गर्दा नै उचाइमा पुगिनेछ । विदेश यात्राको सम्भावना टरेको छैन । साथीहरूसँग घुमफिर तथा गफगाफमा समय व्यतीत गर्दा अभिभावक चिढिने सम्भावना छ । साताको अन्त्यमा रोजगारीको चिन्ताले पिरोल्न सक्छ ।

कुम्भ 
 विशेष जमघटमा उपस्थित हुँदा आगन्तुकहरूको नजर आफैंमाथि पर्नेछ । अनुकूल परिस्थिति हुँदाहुँदै पनि अपजस आइलाग्न सक्छ । साथीभाइले साना तथा मझौला किसिमका व्यवसायमा लगानी गर्ने प्रस्ताव राख्न सक्छन् । साताको अन्त्यमा विदेशी पाहुनाहरूसँग मनोरञ्जनमा सहभागी भइनेछ । 

मीन 
स्थान एवं परिस्थितिको स्वरूपअनुरूप कम बोल्दा नै फाइदा हुनेछ । जटिल सामाजिक कार्य सम्पन्न गर्न तन, मन, धन नै खर्च गरी सहयोग गर्नुपर्ने हुन सक्छ । सानो लगानिले राम्रो प्रतिफल दिँदा हर्षले गद्गद भइनेछ । यात्रा गर्दा बहुमूल्य सरसामानमा निगरानी राख्नुहोला ।

saptahik

,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News