धर्म र सिंगो समाजमाथि नांगो प्रहार हुनेगरी नायिका शुभेच्छा थापाको नग्न फोटोसुट
हट भन्दै नग्न फोटोसुटले फिल्म रिलिजको समयमा फिल्मी क्षेत्रमा आफुलाई विवादमा पार्दै आएकी नायिका सुभेच्छा थापाले त्यसलाई फेरी निरन्तरता दिएकी छन् ।

उनको नयाँ फिल्म ‘विन्दास ३’ का लागी भन्दै उनले गराएको फोटोसुट बिहीबार सार्वजनिक भएलगत्तै उनको आलोचना शुरु भएको छ।
यसअघि पनि उनले मिस नेपालमा माछाले बक्षस्थल ढाकेर फोटोसुट गराएकी थिइन् । जसको चर्चा र आलोचना त्यतिकै भएको थियो ।
विन्दास ३ मा हट सिन दिएर पछिल्लो समय चर्चामा आएकी उनी खादाले बक्षस्थल ढाकेर फोटोसुट गराउँदा अपमान भएको भन्दै नेपाल शेर्पा संघले विज्ञप्ती निकालेर कारबाहीको माग गरेको छ।
संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘धर्म, समुदाय, सिंगो समाजमाथिको नै नांगो प्रहर हो । सम्वन्धीत व्यक्तिले तत्काल माफी नमागे चुप लागेर वस्न सक्दैनौं ।’
सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा उनको आलोचना भइरहेको छ भने नेपाली फिल्म क्षेत्रमा भल्ग्यारिटी गरेको भन्ने आरोप समेत लागेको छ।
Moviekhabar
Moviekhabar



0 comments
Write Down Your Responses