दल सिंह सुनारको अध्यक्षतामा १५ सदस्य क्षेत्रीय जातिय मुक्ति समाज कमिटि गठन

नेपाल उत्पिडित जातिय मुक्ति समाज जिल्ला किमिटी बर्दियाको आयोजनामा क्षेत्र नं. ३को क्षेत्रीय भेला बर्दियाको ढोढरी गा.वि.स.को बेलुवा चोकमा सम्पन्न भएको छ ।

मुुक्ति समाजका केन्द्रिय सदस्य प्रकाश नेपालीको प्रमुख आतित्थतमा संचालीत भेलामा अतिथिहरु जातिय मुक्ति समाजका अध्यक्ष ओम नेपाली, भेरी अञ्चल सदस्य मनोज कुमार वि.क. क्षेत्रीय सदस्य हरि ब. सुनार रहनुभएको थियो ।

आज सम्पन्न भेलाबाट दल सिंह सुनारको अध्यक्षतामा १५ सदस्य क्षेत्रीय जातिय मुक्ति समाज कमिटि गरिएको छ । जसमा उपाध्यक्ष असोक टमटा, सचिव कविराम वि.क. सह–सचिव दिलिप दास, रहनुभएको कमिटीमा सदस्यहरु टिकाराम वि.क. पम्फा वि.क .सोभा नेपाली, ठाकुर वि.क् केसश नेपाली इन्द्र रसाइली रमेश दास, हिरालाल व्कि भुर्ते दमाइ, बम. ब. परियार र मन.ब. सुनार रहनु भएको छ । उक्त भेला ठाकुर वि.कको अध्यक्षतामा सम्पन्न भएको थियो ।

,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News