इलेक्ट्रोनिक पसलमा आगलागी




नेपालगन्ज, फागुन १०
इलेक्ट्रोनिक पसलमा आगो लाग्दा आधा करोड रुपैयाँबढी क्षति भएको छ । इलेक्ट्रोनिक पसलमा सोमबार बिहान ३ बजेतिर आगलागी भएको हो ।बिद्युत सट् भएर लागेको आगोबाट पसलमा रहेका टिभी, फ्रिज, मोबाईल, घडी लगायतका इलेक्ट्रोनिक सामान पुर्ण रुपमा जलेको छन् । ‘पसलमा रहेको कुनैपनि सामान झिक्न पाएनौं, सबै जलेर नष्ट भयो,’ पसल सञ्चालक विकाश राजभण्डारीलाई भने । समयमै दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा करिव २ घण्टापछि आगो नियन्त्रणमा आएको उनले जानकारी दिए ।

‘समयमै दमकल पुगेका कारण वरपरका पसल र मानविय क्षति हुन पाएन,’वडा प्रहरी कार्यालय नेपालगन्जका ईन्चार्ज, प्रहरी निरिक्षक रामबहादुर चन्दले भने। निरिक्षक रामबहादुर चन्दले आगलागिबाट करिव ५२ लाख रुपैयाँ बराबरको क्षति पुगेको बताएका छन् ।

, , ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News