राजकुमार ह्यारीेले गरे बर्दिया निकुञ्ज र होमस्टे अवलोकन


 बेलायती राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ‘ह्यारी’ बर्दिया राष्ट्रिय निकुञ्ज र होमस्टे डल्ला अवलोकन गरेका छन । बर्दिया राष्ट्रिय निकुञ्जको गैँडा मचान क्षेत्रमा बेलायती राजकुमार ह्यारी सोमवार विहान ९.२० बजे हेलीकप्टरबाट झण्डै ४ घण्टाका लागि बर्दिया निकुञ्ज आएका हुन । राजकुमार ह्यारीले अवतरण गर्नासाथ ९.३० बजे निकुञ्ज भित्रको खौराहा खोलामा झण्डै १ घण्टा र्याफ्टीङ गर्दै बघौरा फाँटासम्म जलयात्रा गरेका थिए ।  त्यसपछी निकुञ्ज भित्र बघौरा फाँटामा २० मिनेट पद यात्रा पछि बाघ गणनाका लागि निकुञ्ज भित्र राखिएका क्यामेरा ट्यापिंग प्रविधिको अनुगमन गरेका थिए । ह्यारीले सूर्यपटुवा गाविसको डल्लामा रहेको जैविकमार्ग थारु होमस्टेको समेत अबलोकन गरेका थिए ।
 होम स्टेमा थारु संस्कृतिको अवलोकन पछि पुनः निकुञ्ज सुरक्षार्थ रणसार्दुल गणमा निकुञ्जले बरामद गरेका हात हतियारको अवलोकन गरेर हेलिकप्टर मार्फत लमजुंग तर्फ फिर्ता भएका थिए ।   राजकुमार ह्यारीलाई निकुञ्जमा भव्य स्वागत गरिएको थियो त्यस्तै थारु होमस्टे डल्लामा पञ्चकन्या तथा थारु संस्कृतिको लठ्ठी नाच मार्फत स्वागत गरिएको थियो ।    



              
राजकुमार ह्यारीले प्रकृति, पर्यावरण, हिमाल, वन्यजन्तुप्रति विशेष चासो राखेका थिए । उनले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनका क्रममा निकुञ्जका विविध पक्षका बारेमा जानकारी लिएका  छन् । बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिक र विश्व वन्यजन्तु संरक्षण कोषका प्राविधिकले बाघको ट्र्या्पिङ प्रविधिबारे राजकुमार ह्यारीलाई अवगत गराएका थिए । निकुञ्जभित्र ५० वटा बाघ रहेको सहायक संरक्षण अधिृकत अशोक भण्डारीले जानकारी दिएका थिए ।
 प्रकृति, पर्यावरण, हिमाल र वन्यजन्तुप्रति विशेष चासो राख्ने राजकुमार ह्यारीले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनका बेलामा निकुञ्जका विविध पक्षका बारेमा जानकारी लिएका थिए । झन्डै हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यहाँ मुख्यतः हात्ती, गैँडा, बाघ र २५० प्रजातिका चराचुरुङ्गी पाइन्छन् । यो निकुञ्ज दक्षिण एसियामा सबैभन्दा ठूलो बाघ भएको क्षेत्र हो ।
 नेपाल–बेलायत कुटनीतिक सम्बन्ध स्थापनाको २ सय वर्ष पूरा भएको अवसरमा आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्य सहित नेपाल आएका ह्यारी भ्रमणका क्रममा बर्दिया आएका हुन् । यसअघि बि.स.१९३२ को हिउँदमा उनका बाजे युवराज एड्वर्ड सप्तम् महारानी भिक्टोरियाका जेठा छोरा बर्दियामा आएको बताइएको छ ।






,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News