भ्रष्टाचार निरुत्साहित गर्न युवाको प्रतिबद्धता


चैत्र ७ बर्दिया, युवा अभियान बर्दियाको आयोजना तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्वनयमा आइतबार गुलरियामा भ्रष्टाचार निरुत्साहित गर्न सरोकारवाला निकाय र युवाको एकिकृत भुमिका बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ ।
विभिन्न सरोकारवाला निकायका प्रतिनिधी, राजनीतिक दलका भातृ संगठनका युवा नेता, र विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थी आदि गरि २७ जना युवाको सहभागिता रहेको छलफलको सहजिकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय कोहलपुरका प्रहरी नायव उपरिक्षक चित्र बहादुर गुरुग र शाखा अधिकृत चिरन्जिवी पराजुलीले गर्नु भएको थियो ।
कार्यक्रमको उद्देश्य माथि युवा अभियान बांकेका वरिष्ट जिल्ला कार्यक्रम संयोजक निरज न्यौपानेले प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको सन्चालन युवा अभियान बर्दियाका वरिष्ट जिल्ला कार्यक्रम संयोजक निराजन चौधरीले गर्नु भएको थियो ।
युवाद्धारा स्थानिय तहका भ्रष्टाचार निरुत्साहित गर्न कस्ता किसिमका भुमिका निर्वाह गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रीत गरिएको थियो । सहभागि युवाहरुले भ्रष्टाचार निरुत्साहित गर्न आफुले गरेका पहल र त्यसले पारेका प्रभाव र निर्वाह गर्न सक्ने भुमिकाका वारेमा बिचार आदान प्रदान गरेका थिए । युवाहरुले भ्रष्टाचार निरुत्साहित गर्न सामाजिक सन्जालको प्रयोग स्थानिय स्थरमा जागरण अभियान सुचनाकोहक आदिको प्रयोग मार्फत पनि भुमिका निर्वाह गर्न सकिने उपायहरु प्हिचान गरेका थिए र ति भुमिका निर्वाह गर्ने प्रतिबद्धता समेत गरेका छन् ।

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News