लैंगिक समानताका लागि युवा छलफल कार्यक्रम सम्पन्न
युवा अभियान बर्दियाले लैंगिक बिभेद अन्त्यकालागी “लैंगिक समानताका लागि युवा” बिषयक एक दिने छलफल कार्यक्रम आइतबार सम्पन्न गरेको छ । जनज्योति क्याम्पस गुलारियाको प्रांगणमा सम्पन्न सो कार्यक्रममा लै¨िक समानताका लागि युवाको भुमिका के रहने र बिभेद अन्त्यकालागी दैनिक जीवनमा युवाले कस्ता पहल गर्न सक्छन भन्ने वारेमा युवाहरुले आ(आफ्नो विचार आदान प्रदान गरेका थिए ।
कार्यक्रममा सहभागी युवाहरुले बिभेद अन्त्यकालागी प्रयास अरुले गर्लान भनेर आस गर्नु भन्दा पनी आफै बाट सुरु गर्नु पर्ने कुरामा जोड दिदै आगामी दिनमा सो कार्य सामधान गर्न आफुहरू लागी पर्ने प्रतिबद्दता ब्यक्त गरेका थीय । कार्यक्रममा युवा अभियान बर्दियाका बरिष्ठ कार्यक्रम संयोजक निराजन चौधरीले लैंगिक बिभेद अन्त्यका संबिधानमा धेरै कुराहरु उल्लेख भयतापनी सो कुराहरु अझै पनी हाम्रो गाउ समाजमा पूर्ण रूपले कार्यन्वयन हुन नसकेको बताउनु भयो ।
उहाले कार्यक्रममा थप बोल्दै लै¨िक समानताका लागि सबै युवाहरु एकजुट भएर लाग्न आग्रह गर्नु भयो । कार्यक्रमको सहजिकरण युवा अभियान बर्दियाका बरिष्ठ जिल्ला कार्यक्रम सयोजक निराजन चौधरी र युवा अभियान बांकेका बरिष्ठ जिल्ला कार्यक्रम सयोजक निरज न्यौपानेले गर्नु भएको थियो भने युवा अभियानकोवारेमा जानकारी युवा अभियान बर्दियाकी जिल्ला कार्यक्रम सयोजक तारा खनालले गर्नु भएको थियो । कार्यक्रममा ४० जना भन्दा बढी युवा हरुको सहभागिता रहेको थियो




0 comments
Write Down Your Responses