Business,
News
»
राजापुर भन्सारको राजश्व लक्ष्यभन्दा १२ लाख बढी
राजापुर भन्सारको राजश्व लक्ष्यभन्दा १२ लाख बढी

राजापुर भन्सार कार्यालय बर्दियाले चालु आवको आठ महिनामा लक्ष्यभन्दा १२ लाख बढी राजस्व संकलन गरेको छ । आव २०७२÷७३ को फागुन मसान्त सम्ममा राजस्व असूलीको लक्ष्य रु.१ करोड ६ लाख ७१ हजार तोकिएकोमा कार्यालयले उक्त अवधिमा रु.१ करोड १८ लाख ६४ हजार ६३२ अर्थात ११ लाख ९३ हजार ६३२ रुपैयाँ बढी राजस्व संकलन गर्न सफल भएको हो । लक्ष्यको तुलनामा यो ११.१८ प्रतिशतले बढी हो । हालसम्म संकलित कुल राजस्वमध्ये भन्सार राजस्वबाट ८८ लाख २५ हजार ४९७ रुपैयाँ र भन्सार छली गरिएका मालसामान लिलामबाट ३० लाख ३९ हजार १३५ रुपैयाँ राजस्व उठेको राजापुर भन्सार कार्यालयका प्रमुख मनोज कुमार वि.क.ले बताए । सो भन्सार कार्यालयको राजस्व असूलीको वार्षिक लक्ष्य १ करोड ६९ लाख ३७ हजार रहेको छ । हाल सो भन्सार कार्यालय अन्तर्गत गुलरिया र ताराताल छोटी भन्सार कार्यालय संचालनमा रहेका छन् । गत आठ महिनाको लक्ष्य पुरा गर्न राजापुर मुल भन्सार कार्यालयबाट ६७ लाख ३९ हजार ३९१ रुपैयाँ, गुलरिया छोटी भन्सार कार्यालयबाट १४ लाख ५२ हजार १८८ रुपैयाँ र ताराताल छोटी भन्सार कार्यालयबाट ६ लाख ३३ हजार ९१८ रुपैयाँ राजस्व असूली भएको थियो । खुला सिमानाका कारण अवैध रुपमा सामान आयातमा वृद्धि भएपछि अवैध आयात रोक्न सिमानाकामा कडाई गरेपछि राजश्व संकलमा वृद्धि भएको बताईएको छ ।
0 comments
Write Down Your Responses