१८ बर्षिया नेपाली ह्याकर यसरी समातिए
काठमाडौं १२ ।
अनोनेमस ओपनेप नामबाट सरकारी तथा गैरसरकारी वेबसाइट हृयाक गर्ने १८ वर्षे युवक पक्राउ परेका छन् ।
नेपाल प्रहरीको अपराध महाशाखाको टोलीले
तनहुँ बन्दीपुर घर भई बालाजु हाईट बस्ने विकास पौडेललाई पक्राउ गरेको हो ।
१८ वर्षका उनी विद्यार्थी हुन् । उनले राष्ट्रिय क्षयरोग केन्द्रको वेबसाइट
ह्याक गरेका थिए ।
पौडेलले अनोनेमस ओपनेप Anonymous #Opnep नामबाट विभिन्न सरकारी कार्यालय तथा संस्थाहरुको वेबसाइट ह्याक गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
यही पेजको युजरले फेसबुकमा नेपाल टेलिकमको
वेबसाइट ह्याक गरेर सबै डाटा लिएको दाबी केही दिनअघि गरिएको थियो । तर,
महाशाखा प्रमुख सर्वेन्द्र खनालले भने नेपाल टेलिकमको वेबसाइट ह्याक नभएको
पाइएको जनाएको छ । उनका अनुसार केहि प्रयोगकर्ताको विवरण भने लिएको पाइएको छ
।
0 comments
Write Down Your Responses