फेसबुकबाट बनाएकि व्यायफ्रेण्डले भेनिसाको हत्या गरेको पुष्टि
काठमाडौं ०७२/१२/१२
फागुन ८ गतेदेखि वेपत्ता भएकी
धनकुटा राजारानी-३ की भेनिशा लिम्बु एक सातापछि नगरकोटमा मृत फेला परिन् ।
फेसबुकमा चिनजान भएको साथीलाई भेट्न जाँदा अपार्टमेन्टको छतबाट घँच्याडेर
उनको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
भक्तपुरको नगरकोटमा २० वर्षीया युवतीको शव
भेट्नासाथ प्रहरीले निष्कर्ष निकालेको थियो कि यो स्वाभाविक मृत्यु नभई
हत्या नै हो । अन्ततः अनुसन्धानका क्रममा प्रहरीले के पत्ता लगायो भने
भेनिसालाई मृत्युको मुखमा पुर्याउनेहरु उनका केटा-साथी नै हुन् । र,
उनीहरुमध्ये एकजना फेसबुकबाट चिनजान भएका रहेछन् ।
यसरी भयो घटना
प्रहरीका अनुसार राजन राई र भेनिसा लिम्बुको चिनजान करिब तीन महिनाअघि फेसबुकबाट भएको थियो । फागुन ८ गते उनीहरुबीच बौद्ध गेटमा भेट्ने सल्लाह भयो । भेनिसालाई भेट्न राजनसँगै सनि लामा, सजित लामा र अर्का एकजना व्यक्ति पनि गए ।

तेस्रो व्यक्तिको नाम थर नखुलेको र हाल फरार रहेको प्रहरीको दाबी छ । तर, समूहमा सहभागी साथीको नाम थर थाहा नहुने कुरो रहस्यमय छ ।
दिउँसो तीन बजेतिर बौद्धमा भेट भएका
उनीहरु सबैको सल्लाहले ‘रमाइलो गर्ने’ निष्कर्षमा पुगे र केही घण्टापछि
उनीहरु हाल ‘फरार’ भनिएका व्यक्तिको गाडीमा चढेर भेनिसासहित ठमेलमा पुगे ।
साँझको करिब ६ बजेतिर ठमेलको हार्ड रक रेष्टुरेन्टमा पुगेका उनीहरुले चार-पाँच बोतल वियर खाए । त्यतिञ्जेलसम्म रातिको एघार बजिसकेको थियो । रेष्टुरेन्टमा उनीहरुले भेनिसालाई समेत रक्सी खुवाएर लठ्ठ बनाई अश्लील हर्कत गरेको प्रहरीको भनाइ छ ।

ठमेलबाट उनीहरु सबैजना उही अपरिचित र फरार
भनिएका व्यक्तिकै गाडीमा चढेर बौद्ध फर्किए । बौद्ध गेटमा आइसकेपछि राजन
राई र सजित लामा गाडीबाट ओर्लिए । त्यसपछि राजन र सजित फेसबुकबाट साथी
बनेकी भेनिसालाई सनि लामा र ‘अपरिचित व्यक्ति’को जिम्मा लगाई घर फर्किए ।
ती ‘अपरिचित व्यक्ति’ले सनि र भेनिसालाई
आफ्नो अपार्टमेन्टमा लगे । अपार्टमेन्टको छैठौं तलामा रहेको कोठामा उनीहरु
बसे । त्यहाँ भेनिसा र सनिले थप एक बोतल बियर खाए । त्यहाँ सनि र भेनिसाबीच
सहमतिमा शारीरिक सम्पर्कसमेत भएको प्रहरीको दाबी छ । त्यसबेला अपरिचित
भनिएका व्यक्ति भने अर्को कोठामा सुतेको प्रहरी बताउँछ ।
केहीबेरपछि अपरिचित भनिएका ती व्यक्तिले
सनि र भेनिसा बसेको कोठामा गई ढोका खोल्न भने । सनिले ढोका खोले । उनले
सनिलाई कोठाबाट बाहिर जान भने । तर, भेनिसालाई करणी गर्ने मनसायले आफूलाई
बाहिर पठाउन खोजिएको ठानेपछि सनि र ती ‘अपरिचित व्यक्ति’बीच विवाद भयो ।
प्रहरीका अनुसार ती ‘अपरिचित व्यक्ति’ले
जबर्जस्ती गर्न खोजेपछि भेनिसा भागेर ट्वाइलेटभित्र छिरिन् । उक्त अपरिचित
व्यक्ति पनि ट्वाइलेटमै पसेको प्रहरी बताउँछ । भेनिसाले इन्कार गरेपछि ती
‘अपरिचित व्यक्ति’ले अपार्टमेन्टको छैटौं तलाबाट धकेलेर भुईंमा खसालिदिएको
प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार भुईंमा खसेपछि पनि
केहीबेर भेनिसा जिउँदै थिइन् । तर, उनलाई अस्पताल पुर्याइएन बरु, ती
अपरिचित भनिएका फरार व्यक्ति र सनिले गाडीमा राखेर अन्यत्रै लगेको
अनुसन्धानबाट खुलेको छ । केही समयपछि भेनिसा मरेको ठानेर उनीहरुले शवलाई
भक्तपुरको नगरकोट पुर्याई मनपोखरीको बाँसको झ्याङमा छोपछाप गरेर फर्किएको
प्रहरीको भनाइ छ ।
तीनजना पक्राऊ
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार भेनिसाको हत्या अभियोगमा तीनजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बौद्धका २८ वर्षीय सनि लामा, बौद्धकै २४ वर्षीय सजित लामा र मोरङको पथरी-३ घर भई हाल थली बस्ने १९ वर्षीय राजन राई छन् ।

उनीहरुलाई सर्लाहीको त्रिभुवननगर गाविस-१
बाट पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका सबैलाई कानुनी
कारवाहीका लागि महानगरीय प्रहरी परिसर भक्तपुर पठाइएको छ ।
कसरी समातिए अभियुक्त ?
शवलाई फालिसकेपछि फरार भनिएका व्यक्तिले सनिलाई बिहान अन्दाजी तीन बजेतिर घरमै छाडिदिएका थिए । अर्को दिन बिहान पाँच बजे पुनः उक्त फरार भनिएका व्यक्ति सनिको घरमा आएर मोबाइल स्वीच अफ गरेर बस्न भनेका थिए । बिहान १० बजेतिर फेरि आउँछु भनेका ति व्यक्ति नआएपछि सनि र राजन उसको घरमा खोज्न गएका थिए । तर, नभेटेपछि सनि र राजन नेपाल-भारत सीमा क्षेत्रमा गएर लुकीछिपी बसेका थिए ।

उक्त सूचना पाएपछि चैत १० गते अपराध
महाशाखाको टोली उनीहरु बसेको स्थानमा पुगेको थियो । त्यसपछि चैत ११ गते
उनीहरुलाई सर्लाहीको त्रिभुवननगर गाविस १ बाट पक्राउ गरिएको प्रहरीको अपराध
महाशाखाले जनाएको छ । पक्राउ परेकाहरुलाई कानुनी कारवाहीका लागि महानगरीय
प्रहरी परिसर भक्तपुरको जिम्मा लगाइएको छ ।
0 comments
Write Down Your Responses