जन्ती बोकेको बस दुर्घटना हुदा सात घाइते
प्रकासित मिति चैत्र २
सप्तरी । राजविराज–भारदह सडकखण्डअन्तर्गत
सप्तरीको बभनगामाकट्टी–३ स्थित तोपा सडकखण्डमा सोमबार साँझ जन्ती बोकेको बस
दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
भारदहबाट जन्ती लिएर राजविराजतर्फ
आउँदै गरेको बा १ ख ९४८१ नम्बरको बस ब्रेकफेल भई अचानक पल्टिएको जिल्ला
प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सो बसमा सवार सात जना घाइते भएका छन् ।
घाइते हुनेमा मधुवापुर गाविस–२ बस्ने १४
वर्षीय नीरजकुमार मण्डल, सोही ठाउँका २५ वर्षीय नितेशकुमार मण्डल, बारा
गढीमाई सीतापुरका ४५ वर्षीय मो कलाम आजाद मियाँ र भारतको सुपौल निवासी २०
वर्षीय जीतेन्द्र मण्डलसहितका रहेको प्रहरी नायब उपरीक्षक दानबहादुर
कार्कीले बताए ।
घाइतेको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
घाइतेको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
0 comments
Write Down Your Responses