गीत सुन्दै सुतेका हुसेन, गीत बजिरह्यो, उनि सुतेको सुतै भए
प्रकासन मिति चैत्र २
मलेसिया । कानमा इयरफोन लगाएर गित सुन्दै
सुतेका मोहम्मत जविर हुसेनको कानमा गीत गुञ्जिरहेको थियो । तर गीत बजिरहँदा
उनले भने परदेशमा देहत्याग गरिसकेका थिए । उनले पूरै गीत सुन्न पाएनन् ।
घटनाआईतवार दिउँसोको हो । जोहोरवारुको
दमानदयातिव्राउमा रहेको आटा कम्पनीमा कार्यरत छातावेली सुनसरीका हुसेन
आइतवार विदाको दिनमा विहानको खाना खाइसकेर दिउँसो १ वजेतिर सुतेका थिए ।

‘राम्ररी वसेका साथीको यस्तो अवस्था होला भनेर कल्पनापनि गरेको थिएनौ’,
कम्पनीमा कार्यरत सुरेश यादवले भने ।
विवाहित हुसेनका परिवारमा श्रीमती दुई छोरा र एक छोरी छन । शवलाई पोष्टमार्टमको लागि स्थानीय अस्पतालमा राखिएको छ ।
0 comments
Write Down Your Responses