७ नेपाली महिलालाई भारत लगेर बेच्न खोज्ने २ दलाल पक्राउ
मोरङ । सात जना महिला भारत लगेर बेच्न
खोज्ने दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी
पाँचकन्याकी ३१ वर्षीया फुलमायाँ तामाङ तथा इनरुवा–२ का रोहित दर्नाल रहेका
छन् ।
उनीहरुलाई विशेष सुराकीको आधारमा सीमा
प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुका जोगवनीको
रेल्बेबाट पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।
केही दिनअघि भारतमा बेचिन लागेका सात जना नेपाली महिलालाई जोगवनीको रेल्बे स्टेसनबाट प्रहरीले उद्धार गरेको थियो । रासस
0 comments
Write Down Your Responses