‘चरी’सँग जवानी लुटाएकि खुश्बु ओलीले सन्तोषसँग विहे गरेकि खुलाशा
प्रकासित मिति चैत्र २
काठमाडौं – प्रहरी इन्काउन्टरमा मारिएका
गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’की प्रेमिका खुश्बु ओलीले अर्कैसँग विहे
गरेकी छिन् । ‘माया एउटा सँग, विहे एउटासँग’ भन्ने अञ्जु पन्तको गीतजस्तै
खुश्बुले पनि प्रेममा चरीसँग जवानी लुटाएर अर्कैसँग विहे गरेकी हुन् ।
प्राप्त सूचनाअनुसार खुश्बुले सन्तोष
कार्की नामका युवकसँग विहे गरेकी हुन् ।
उनको विवाह शनिबार राजधानीको भव्य
होटलमा भएको छ । स्रोतका अनुसार शनिवार साँझ याक एण्ड यति होटलमा भव्य
पार्टीसहित बरबधुलाई आर्शिवाद दिन परिवारजन तथा इष्टमित्रको ठूलो भिड
लागेको छ ।
चरी गत वर्षको साउन २१ मा प्रहरीको
मुठभेडमा मारिएका थिए । उनी मारिएपछि खुश्बु निकै चर्चामा आएकी थिइन् ।
यतिसम्मकी चरीको ‘हत्या’मा संलग्नहरुलाई कानुनी दायरामा ल्याउने दावी पनि
गरेकी थिइन् । उनै खुश्बुले यतिखेर भने चरीलाई विर्सिएर सन्तोषकी
अर्धाङगिनी बनेकी छिन् ।
बिश्वकै महंगो बिश्वबिद्यालयमा पढेर
नेपालमा आएकी मोडलिङ पृष्ठभुमिकी खुश्बु त्यसयता अर्पण र चरीसँगको प्रेम
सम्बन्धका कारण पनि सञ्चार माध्यममा छाएकी थिइन् । समाचार स्रोतका अनुसार
खुश्बुलाई श्रीमती बनाउने सन्तोष लण्डनमा बस्दै आएका छन् । श्रोतः
नेप्लिज.org
0 comments
Write Down Your Responses