नेपाल तामाङ घेदुङको अध्यक्षमा मोहन गोले निर्वाचित

चैत्र २, भरतपुर । 

नेपाल तामाङ् घेदुङ्को आठौं राष्ट्रिय महाधिवेसनको बन्दसत्रले मोहन गोलेको अध्यक्षतामा ९१ सदसिय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा बेली लामा, उपाध्यक्षमा तेजवहादुर तामाङ्, अजितमान तामाङ्, कुमार घिसिङ्, अमिर मोक्तान निर्वाचित भएका छन । यस्तै समितिको महिला उपाध्यक्ष तर्फ सिता लामा गोले, महासचिवमा मोहित कुमार लामा बाबु, सचिव खुल्ला तर्फ रामकृष्ण तामाङ्, पालसाङ बज्र लामा र महिला सचिव तर्फ सन्चु व्लोन तामाङ् निर्विरोध चयन भएको मंगलबार तामाङ सञ्चार समुह चितवनद्धरा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

 यहि फागुन २९ र ३० गते चितवनमा सम्पन्न अधिवेशनले चार वर्षे कार्यकालका लागि नया नेतृत्व चयन गरेको हो । वैशाख १२ गते आयोजना गर्न लागिएको बन्दसत्र बिनासकारी भूकम्प पश्चात स्थगित गरीएको थियो । तत्कालीन समयमा स्थगित गरीएको बन्दसत्र गत मंसिरमा गर्न लागिए पनि अघोषित नाकाबन्दीका कारण फागुनमा गरीएको चितवन घेदुङका अध्यक्ष गोपिराज घलानले जानकारी दिए । 

अधिवेसनले धर्म निरपेक्षताको अपव्याख्य गर्न नपाईने, राष्ट्रिय जनावार गाईलाई परिवर्तन गरिनु पर्ने, लगाएतका मुद्धाहरुलाई उठान गरेको छ । चितवन सहित ४९ जिल्लाका ४ सय ५० प्रतिनिधिहरु सहभागि रहेको सो अधिवेसनले १६ लाख जनता रहेको तामाङ् समुदायलाई छुटै स्वायत प्रदेशको व्यावस्था गरीनु पर्ने र तामाङ् जातिको संस्कृति संरक्षणका लागि राज्य र सामुदायीक स्तरबाट एक भएर लाग्न समेत आग्रह गरेको नवनिर्बाचित मोहन गोलेले जानकारी दिनु भयो । अधिवेसनले ९ सदसिय प्रवास केन्द्रिय सदस्य समेत चयन गरेको छ ।

,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News