पुल नहुँदा एक लाख नागरिक प्रभावित ।।

प्रकासित मिति चैत्र २
देबानन्द न्यौपाने

कैलालीको लम्की चुहा नगरपालीका १ व्यावस्थीतनगरको शान्तिटोलमा रहेको धोवेनी खोलामा पक्की पुल नहुँदा त्यस क्षेत्रका करिव एक लाख स्थानिय वासीन्दा प्रभावित भएका छन् । पुल निमार्णका लागि २० वर्षदेखि स्थानियबासीले पहलगर्दै आए पनि अहिलेसम्म कसैले चाँसो नदिदा जनजीवन खोलाका कारण प्रभावित हुदै आएको छ । 

पुल निमार्णको लागि चालु आर्थिक बर्षमा लम्की चुहा नगरपालिकाको कार्यालय भल्काले परिषद्बाट छुट्याएको ६ लाख बजेट अप्ुग भएको भन्दै विनियोजित वजेट समेत अन्य कार्यमा खर्च गर्ने संकेत पाएपछि स्थानिय थप जिराश वनेका छन् ।

 पुल निमार्णकै लागि कैलाली क्षेत्र नम्वर २ का सांसद् महोनसिंह राठोरले सांसद विकास कोष वाट ११ लाख बजेट निकासाको लागि आश्वासन दिए पनि त्यो रकमको अहिले सम्म अत्तोपत्तो छैन  । शान्तिटोल भएर बग्ने धोबेनी खोलामा पुल नहुदा बर्षातको समयमा त्यस क्षेत्रका २० हजार नागरिक प्रत्यक्ष तथा ८० हजार नागरिक अप्रत्यक्ष रुपमा प्रभावित हुदै आएका छन् ।

,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News