युवतीको अश्लिल तस्बिर खिचेर फेसबुकमार्फत ब्ल्याकमेल गरेको आरोपमा पक्राउ


काठमाडौं, चैत १२
( फेसुबकमार्फत चिनेकी युवतीको तस्बिर खिचेर फेसबुकमार्फत ब्ल्याक मेल गरेको आरोपमा प्रहरीले एक जनालाई पक्रेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौडा नगरपालिका – ८ कमाने बस्ने वर्ष २९ को निरज बाबा उपनामले चिनिने निरजकुमार चौधरी छन् । उनलाई हेटौंडाको बुद्ध चोकबाट केन्द्रीय अनुसन्धान व्युरोको टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्सालले जानकारी दिनुभयो ।
चौधरीले बैदेशिक रोजगारको शिलशिलामा साउदी अरबमा रहेको अवस्थामा सामाजिक संजाल फेशबुक मार्फत एक युवती ९नाम सार्वजनिक नगरिएको०लाई साथी बनाएका थिए र फेसबुकमा नियमित कुराकानी गर्ने गरेका थिए ।  
साउदीमा कार्यरत कम्पनीको जागिर छाडेर नेपाल फर्की चौधरीले ती युवतीलाई काठमाडौंमा भेटेर एक होटलको कोठामा लगी, नशालु पदार्थ खुवाई अश्लिल तस्बिर खिचेको र तीनै तस्बिरहरु देखाएर युवतीलाई ब्ल्याक मेल गर्ने गरेको प्रहरीले दावी गरेको छ । पक्राउ परेका व्यक्तिले अश्लिल तस्बिर फेसबुकमार्फत युवती र युवतीका आफन्त तथा साथीहरुलाई पठाएका पनि थिए ।
चौधरीले पीडित युवतीलाई अश्लिल तस्बिर खिचेको बारेमा कही कतै उजुरी गरे भौतिक कारवाही गर्ने भनि पटक पटक फोन मार्फत धम्क्याउदै आएको र पीडितलाई विभिन्न ठाउँमा बोलाई पटक पटक यौन सम्पर्क राख्न दवाव दिँदै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 
पक्राउ परेका चौधरीलाई विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ । पक्राउ चौधरीले गरेको जस्तो काम गर्ने व्यक्तिलाई १ लाख रूपैया सम्म जरिवाना वा ५ वर्ष सम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान छ ।
सामाजिक संजालको प्रयोग गर्दा अपरिचित व्यक्तिमार्फत फ्रेण्ड्स रिक्वेस्ट आएमा स्वीकार नगर्न आग्रह गर्दै प्रहरीले हालको समयमा फेसबुकमार्फत विभिन्न किसिमका ठगी तथा चरीत्रहत्या समेत गर्ने प्रवृत्ति देखिएकोले यसतर्फ सजग रहन सर्वसाधारण सबैमा अनुरोध पनि गरेको छ ।

, ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News