झन्डै तीन करोड रुपैयाँ ठगी गरी गुल्मीका लक्ष्मण दुवईबाट फरार

चैत्र १२/ ०७२ युएई । 

युएईमा कार्यरत एक नेपालीले मोटो रकम ठगेर फरार भएका छन् । लामो समयदेखि दुवईमा कार्यरत गुल्मीको हुगा ३ का लक्ष्मण भण्डारीले नेपाली तथा अन्य कम्पनीबाट झन्डै ३ करोड रुपैयाँ लिएर फरार भएका हुन् ।

गुल्मी सेवा समाजका अध्यक्ष तथा लुम्बिनी वेल्फेयर सोसाइटी युएईका उपाध्यक्ष समेत रहेका भण्डारी अर्घाखाँचीका कमल पौडेलले बरदुवईमा सञ्चालन गरेको गुड रिच टेक्सटायल कम्पनीको भिसामा आफ्नै व्यवसाय गर्दै आएका थिए । भण्डारीले आफू मोवाइल पसल कम्पनीको सञ्चालक भएको भन्दै नेपाली कामदार कार्यरत ठूला मोवाइल सप्लायर्सहरुबाट मोवाइल खरिद गर्ने र अन्य नेपाली काम गर्ने साना मोवाइल पसलमा बेच्ने काम गर्दै आएका थिए ।
लामो समयदेखि व्यवसाय गर्दै आएका भण्डारीले आफन्त र गाउँले नेपालीहरु कार्यरत ठूला मोवाइल सप्लायर्स कम्पनीलाई मोवाइल खरिद गरे वापतको पैसा नतिरी बेखबर भएका हुन । सुरुमा मोवाइल खरिद गरेको पैसा नगद दिने र तिर्न बाँकी पैसा तोकेको समयमा तिर्दै आएका भण्डारीलाई विश्वासका आधारमा धेरैजसो कम्पनीले उधारोमा मोवाइल र अन्य सामाग्री दिइरहेका थिए ।
उधारोमा सामाग्री खरिद गर्दै अन्य पसलमा सस्तोमा नगद कारोबारमा बिक्री गरेको पैसा र उधारो पैसा नतिरी उनी भागेका हुन् । भण्डारीले हुण्डी मार्फत नेपाल पैसा पठाउने काम समेत गर्ने गरेको र धेरै नेपालीबाट पैसा असुलेको खुलेको छ । युएईबाट उनी फरार भएपछि भण्डारीबाट ठगिएको भन्ने धेरै नेपालीहरु बरदुवईमा भेटिन थालेका छन् ।
यसअघि दुई विवाह गरिसकेका भण्डारीले दुवईमा अर्का एक नेपाली महिलालाई विवाह गर्छु भन्दै फकाइफुलाई गरेर रकम असुलेको ती महिलाले नाम नलेख्ने सर्तमा बताइन ।
भण्डारीले विभिन्न पसल तथा सर्वसाधारण नेपालीबाट झन्डै ७ लाख दिहराम अर्थात दुई करोड ५० लाख रुपैयाँ भन्दा बढि रकम लिएर सोमबार युएईबाट भागेको हल्ला चलेको थियो । तर उनले ठगेका कम्पनी सञ्चालक र नेपालीहरुले बुधवार मात्रै नेपाली दुतावासमा ठगीमा परेको उजुरी गरेका थिए । युएईबाट भागेका भण्डारी दुवई हुँदै काठमाडौ विमानस्थलबाट नेपाल गएको अध्यागमनको रेकर्डमा उल्लेख छ ।
उनको खोजी भइरहेको दूतावासले जनाएको छ । उनी अहिलेसम्म कसैसँग सम्पर्कमा छैनन् । कारणवस समस्यामा परेर सम्पर्कविहिन भएको भए सक्दो छिट्टो सम्पर्कमा आएर आफ्नो समस्या बताए अझै पनि माफी दिने पीडितहरुले बताएका छन् । उमाकान्त पाण्डे/उज्यालो ।

, ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News