एसएलसी परिक्षामा बर्दियाबाट ११ हजार बढि परिक्षार्थीहरु सहभागी
प्रकाशित ०७२/चैत्र १२
आउँदो १८ गतेदेखि संचालन हुने एसएलसी परिक्षामा बर्दियाबाट एघार हजार बढि परिक्षार्थीहरुले भाग लिने भएका छन् । एसएलसी परिक्षामा बर्दियाबाट ११ हजार ३ सय ३ परिक्षार्थीहरुले भाग लिने भएका हुन् । बर्दियामा ७ हजार ६५ जना नियमित र ४ हजार २ सय ३८ एक्जेम्टेट गरि ११ हजार ३ सय ३ जना परिक्षार्थीहरुले एसएलसीमा भाग लिने जिल्ला शिक्षा कार्यालय बर्दियाले जनाएको छ । कूल परिक्षार्थीहरुमध्ये ६ हजार ५ सय ९ जना छात्रा र ४ हजार ७ सय ९४ छात्र रहेको जिल्ला शिक्षा कार्यालय बर्दियाका शेरबहादुर रोकाले जानकारी दिनु भयो । उहाँका अनुसार बर्दियामा यस बर्ष १ सय ४६ छात्रा र १ सय १९ गरि जम्मा २ सय ६५ जना विद्यार्थीहरु परिक्षामा अयोग्य ठहर भएका छन् । अयोग्य ठहर भएकाहरुमा कसैको हाजिरी ७५ प्रतिशत नपुगेको र कसैले परिक्षाको लागि राजश्व नबुझाएको बताइएको छ ।
बर्दियामा एसएलसी परिक्षा संचालनका लागि ३४ वटा परिक्षा केन्द्र कायम गरिएका छन् । परिक्षाका लागि चाहिने उत्तरपुस्तिका सम्बन्धित परिक्षाकेन्द्रमा र प्रश्नपत्र नजिकको प्रहरी चौकीमा पठाइसकिएको प्रा.स.रोकाले बताए । यसबर्षबाट परिक्षा दिएका मापन अक्षराङ्कन पद्धतिमार्फत हुने भएको छ । यसकालागि परिक्षा नियन्त्रण कार्यालय भक्तपुरले ८ वडा ग्रेड र अन्तिममा एउटा नन्ग्रेड गरि जम्मा ९ वटा ग्रेडहरु कायम गरेको छ । एसएलसीको पहिलो दिन विद्यार्थीहरुले अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृति भाषा र साहित्य÷अनिवार्य अंग्रजीको परिक्षा दिने भएका छन् । परिक्षाको दिन नजिकिएपछि विद्यार्थीहरुमा पनि पढाईको चटारो बढेको छ । यस अघि जसरी पनि पास हुनु पर्छ भन्ने हेतुले पढ्ने विद्यार्थीहरु यस बर्ष जसरी पनि राम्रो ग्रेड ल्याउनु पर्छ भन्ने मान्यताले पढिरहेका छन् ।
0 comments
Write Down Your Responses