छुट्टी नपाए पछि बहराइन बासी नेपालीहरुले सुक्रबार मनाय होली
राजु पहारी,०७२/चैत्र १२
नेप्लिज वेल्फेर
सोसाइटी को पहलमा बहराइन बासी नेपालीले ढिलै भय पनि होलि धुमधाम तरिका ले मनायका
छन। बहराइन को राजधानी मनामा स्थित कृष्ण मन्दिर परिसरमा भेला भएका हजारौं नेपालीले
नेपालको दिगो बिकास र स्थिर राजनीतिको कामना गर्दै आफूहरुले होलि मनायको बताए । सोसाइटी
का अध्यक्ष सालिग्राम पन्थले नेपाल मा
होली पर्ब पर्ने दिन बहराइनमा बिदा नमिल्ने र शुक्रबार सरकारि बिदा हुनाले
सुक्रबारनै होली मनाउनु परेको बताउनु
हुन्छ, ।
उहाले कार्यक्रममा बोल्दै भन्नुभयो “ प्रदेसमा बसेपछि
बाध्य भएर नेपालमा होली पर्ने दिन मनाउन पाएनौ , तर कला संस्कृति जोगाउन होली
नपर्ने दिन भएपनि सुक्रबार होलिकै दिनझै सम्झेर मान्यौ” । कार्यक्रममा उपस्थित नेपालीहरूले आफ्नो कला
र संस्कृतिको बिकासमा टेवा पुग्ने र बहराइनमा नेपालीको छुट्टै पहिचान बन्ने बिश्वासका
साथ नेपालीहरुले कला संस्कृतिलाई जोगाउन ढिलै भएपनी होली पर्ब
मनाएको बताएका थीय । कार्यक्रममा नेपालीहरु लगाएत बिभिन्न भारत , बंगलादेस लगायतका
देशीबिदेसीको समेत उपस्थिति रहेको थियो । आगामी बिसेस पर्व तथा चाडहरुमा पनि यसरीनै बिभिन्न खाले कार्यक्रम
गर्दै जाने र नेपाली लाई एकसूत्रधारमा बाध्ने काम गर्ने नेप्लिज वेल्फेर सोसाइटी ले जनाएको छ । कार्यक्रममा
हजार भन्दा बढी नेपालीहरु उपस्थित भएका थीय ।
0 comments
Write Down Your Responses