प्रचण्डमाथि मोर्चाका कार्यकर्ताले गरे आक्रमण प्रयास

प्रकासन चैत्र १
काठमाडौं । जिल्ला विकास समिति सिरहाको २३ औं जिल्ला परिषदमा प्रमुख अतिथिका रुसिरहा पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा कार्यकर्ताले आक्रमणको प्रयास गरेका छन् ।

मोर्चाका नेताहरुद्वारा कालो झन्डा देखाउँदै कार्यक्रमस्थलमा आक्रमणको प्रयास भएको आजको समाचारपत्रमा समाचार छ । प्रचण्ड मधेस विराधी भएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताद्वारा कालो झन्डा देखाउँदै कार्यक्रमस्थलमा आक्रमणको प्रयास भएको हो ।
जिविसको सभाहलभित्र राखिएको कार्यक्रममा कडा सुरक्षा घेरामा राखिएको कार्यक्रममा प्रचण्ड सहित कांग्रेस एमालेका नेता विरुद्ध मोर्चाका कार्यकर्ताले नाराबाजी गरेका हुन् । उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी श्यामलाल ज्ञवालीका अनुसार प्रमुख अतिथिमाथि कुर्सी फल्न लाग्दा सुरक्षार्कीहरुले घेरा हालेर बचाएको बताए ।
प्रचण्ड सिरहा क्षेत्र नम्बर ५ बाट निर्वाचित सभासद् हुन् ।

बिल्कुलै नया नेपाली कथानक चलचित्र हेल्लो प्रकृति हेर्नु होस

, ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News