फेसबुक म्यासेन्जरले ल्यायो नयाँ अप्सन, अबदेखि फेसबुकमै गीत

अब देखि फेसबुक म्यासेन्जरमा म्यूजिक राख्न मिल्ने नयाँ फिचर थप ल्याएको छ जसबाट गीत सेयर गर्न सकिने सुबिधा छ । यस फिचरको माध्यमबाट प्रयोगकर्ताले म्यासेन्जर च्याटमा ‘More’ भन्ने सेक्सनमा विभिन्न थ्रेडहरु देख्न सकिन्छ, जहाँ प्रयोगकर्ताहरुले स्पोटिफाई ‘Spotify’ ओपन गर्ने विकल्प हुनेछ ।
यसमा क्लिक गरेपछि सिधै म्यूजिक एप खोलेर आफूले चाहेको कुनै पनि गीत छान्न सकिनेछ ।
उक्त स्पोटिफाई अप्सनलाई ट्याप गरेपनि स्वचालितरुपमा स्पोटिफाई एपमा जोडिन पुग्नेछ जहाँ प्रयोगकर्ताहरुले “सर्च फर समथिंग टू शेयर” Search for something to share भन्ने सर्च अप्सनबाट सर्च गर्न सक्नेछन् ।
यो फीचर थप्नाले फेसबुकलाई म्यासेन्जरको प्रयोगकर्ता बढाउन निकै सहयोग हुने अनुमान गरिएको छ भने स्पोटिफाईलाई पनि म्यासेन्जरको माध्यमबाट एपलाई भाईरल बनाउन सहयोग पुग्नेछ ।
यसमा बनाएको प्ले लिस्टलाई फेसबुक म्यासेन्जरमा सेयर गर्न सकिने खास विशेषता रहेको छ । यो फिचर आइओएस र एन्ड्रोइडका दुबैका लागि उपलब्ध छ ।

,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News