८० लाखको लागतमा कालिकामा सुविधा सम्पन्न सामुदायिक पुस्तकालय

लक्ष्मण ढुंगाना
बर्दिया, १ चैत्र
बर्दियाको कालिका गाविसमा ८० लाखको लागतमा सुविधा सम्पन्न सामुदायिक पुस्तकालय संचालनमा आएको छ । रिड नेपाल नामक गैह् सरकारी संस्थाको ६७ लाख २ हजार ८५९ र कालिका सामुदायिक पुस्तकालयको १३ लाख ७ हजार लगानीमा सो पुस्तकालय संचालनमा आएको हो ।
अत्याधुनिक सुविधा सम्पन्न भनिएको सो पुस्तकालयमा पुस्तकालय कक्ष, महिला, बाल, युवा कक्ष लगायतका छुट्टाछुट्टै कोठाहरु निर्माण गरीएका छन । सुचना प्रविधिमा पहुँच वृद्धिका लागि निःशुल्क वाईफाई सहित दु्रतगतीको ईन्टरनेट सेवाका साथै मल्टिमिडीया प्रोजेक्टरको व्यवस्था समेत गरीएको कालिका सामुदायिक पुस्तकालयले जनाएकोछ । पुस्तकालयलाई नियमित रुपमा संचालनका निम्ति २ जना नियमित रुपमा कर्मचारीको व्यवस्था समेत गरिएको छ 
१ सय जना पाठक सदस्य र ७० जना आजीवन सदस्य रहेको सो पुस्तकालयमा स्थानिय स्तरमा क्षमता विकास तथा स्वरोजागारमुलक तालिमहरु समेत संचालन गरी आयआर्जनमा बृद्धिगर्ने लक्ष्यका साथ विभिन्न कृयाकलापहरु समेत संचालन भईरहेको बताईएको छ ।
पुस्तकालय अन्तगर्त दिगो आयआर्जनका निम्ति ४ वटा सटर, १ वटा हल र ५ कोठा सहितको २ तले भवन निर्माण भएको छ । निर्माणमा ४१ लाख १२ हजार ८९४ रुपैया खर्च भएको सूचना तथा प्रविधि उप–समितिका संयोजक हरी बहादुर अधिकारीले बताए । त्यस्तै आईसिटी कक्षमा १२ लाख ३८ हजार, पुस्तकालय कक्षमा ७ लाख ९२ हजार, महिला कक्षमा ३ लाख ८५ हजार, युवा कक्षमा २ लाख ७५ हजार, बाल कक्षमा ३लाख ८५ हजार खर्च भएको संयोजक अधिकारीले जानकारी दिए ।
यसैविच शिक्षा मन्त्री गिरीराजमणी पोख्रेलले आईतवार सो पुस्तकालयको औपचारीक रुपमा उदघाटन गरेका छन । उदघाटन समारोहमा बोल्दै मन्त्री पोख्रेलले पुस्तकालय खोल्नु जती चुनौती भएपनी बौद्धिकतालाई एउटा पुस्तावाट अर्को पुस्तामा सार्न जीवनको अभिन्न अंगको रुपमा लिनुपर्ने बताए । राष्ट्रलाई सम्वृद्धितर्फ अघि बढाउन आफुभित्रको बौद्धिकता जागृत गराउनुपर्ने उनको भनाई थियो । स्थानियको सक्रियतामा बर्दियाको कालिकामा पुस्तकालय खोलेर उदाहरणीय कार्य गरेको भन्दै मन्त्री पोख्रेलले सो कार्यको प्रसंशा व्यक्त समेत गरे ।
नयाँ संविधानलाई गाउँतहसम्म पु¥याउन आवश्यक रहेको धारणा राख्दै  उनले  त्यसको  लागि बौद्धिक आन्दोलनको  आवश्यकता रहेकोको  बताए । ‘देशलाई अब परिवर्तन गर्नुजरुरी छ, संविधान बनेको  छ, यही संविधानको  जगमा उभिएर देशमा परिवर्तन ल्याउन ब्यापक बौद्धिक आन्दो लनको  खाँचो  पर्छ’– उनले  भने  ‘बौद्धिक आन्दोलनलाई सफल बनाउन गाउँ समुदायमा खोलिएका पुस्तकालय नै  स्रोत बन्ने  छन ।’
उदघाटन समारोहमा रिच आउट टु एसीया कतार फाउन्डेसनका कार्यकारी निर्देसक अब्दुल फरेज अल अब्दुल्लाह, रिड ग्लोबलका कार्यकारी निर्देशक टीना सविका लगायतको उपस्थिती रहेको थियो ।

,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News