सेरोगेट आमाबाट अर्को बच्चा जन्माउने रोनाल्डोको तयारी !

चैत्र १९
स्पेनिस ला लिगामा सेल्टाविरुद्ध गोलको खुशी मनाउने क्रममा टिसर्टभित्र फुटबल लुकाएका रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो पेट बोकेकी महिला झैं देखिए थिए । ठिक यति नै बेला उनी अर्को बच्चाको तयारीमा
रहेको समाचार बाहिर आएको छ । पोर्चुगलका मिडियाले रोनाल्डो अर्को एक बच्चाका लागि ‘सेरोगेट’ आमासँग करार गर्ने प्रक्रियामा रहेको सार्वजनिक गरेका हुन् । गत क्रिसमसमा अमेरिका भ्रमण गर्दा उनले यसका लागि कागजी कामहरु अघि बढाएको समाचारमा जनाइएको छ । अर्काे बच्चाका लागि उनले १० लाख यूरो छुट्याएका छन् । रोनाल्डोको ६ वर्षका छोरा छन् । तर, उनको आमा को हुन् भन्ने रोनाल्डोले अहिलेसम्म खुलाएका छैनन् । छोराको जन्म भएपछि उनले सामाजिक सञ्जालमार्फत यसको घोषणा गर्दै उनको आमाको पहिचान गोप्य राख्ने बताएका थिए ।

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News