कसरी गर्ने एसएलसी तयारी ?–भाग १० परीक्षा हलकोे सावधानी
“ लेखनमा विद्वानका परिभाषा, सूत्रहरु तथा अन्य गणितीय समाधानका विषयवस्तुहरु बाहेकमा आफ्नो मौलिकता तथा क्षमतालाई प्रस्तुत गर्नु पर्दछ । प्रश्नलाई राम्ररी अध्ययन गरिसकेपछि प्रश्नले भन्न खोजेको कुरा बुझेर प्रश्नले मागेजति कुराहरुलाई व्यवस्थित तरीकाले लेख्नु पर्दछ । उत्तर लेख्दा फाल्तु कुरा लेखेर समयको वर्वाद गर्नु हुँदैन ।”
– प्रभात सुवेदी
समय आफ्नो गतिमा निरन्तर बढ्दा बढ्दै आखिर एसएलसी परीक्षा पनि नजिकै आएको छ । भोली अर्थात चैत्र १८ गते देखि यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी) शुरु हुँदैछ । भोली विहान ठिक ८.०० बजे अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । सरकारले परीक्षाको पूर्ण रुपमा तयारी भएको जनाएको छ । परीक्षाको सन्दर्भलाई जोडेर विद्यार्थीहरुका लागि लक्षित गरेर केही भएपनि परीक्षाको सन्दर्भमा केही सहयोग पुग्ने अपेक्षाका साथमा निरन्तर रुपमा लेखिदै आएको श्रृङ्खलाबद्ध लेखको यो दशौं भाग अन्तिम भाग हुनेछ । यसपछि परीक्षा विशेष आलेखहरुको क्रम टुङ्ग्याइने छ । यो आलेखको क्रमलाई दशौं भागसम्म निरन्तर रुपमा लेख्न तथा प्रकाशनका लागि मलाई हौषला दिनुहुने सम्पूर्ण पाठकवर्गहरु, बबई साप्ताहिक तथा साझा सवाल अनलाइनप्रति विशेष आभार प्रकट गर्न चाहन्छु । यो आलेखमा विशेष गरी परीक्षाहलभित्र के के कुरामा ध्यान दिने भन्ने विषयमा केही प्रष्ट पार्ने प्रयास गरेको छु ।
अघिल्लो आलेखमा परीक्षा हलसम्म पु¥याउने प्रयास गरिएको थियो । अव हलमा बसिसकेपछि ढुक्क भएर बस्नु पर्दछ । शौचालय जानु पर्ने भएमा पनि पहिल्यै नै गएर तयारीका साथ बस्नुपर्दछ । आफूलाई आवश्यक सामग्रीहरु सही तरीकाले डेक्स÷बेन्चमा राख्नु पर्दछ । आफू बसेको डेक्सबेन्च सही छन् वा छैनन्, हल्लिन्छन् कि, के कस्तो अवस्थामा रहेका छन् । राम्ररी चेकजाँच गर्नु आवश्क हुन्छ । नत्र लेख्ने क्रममा हल्लिएर अक्षरहरु विग्रीने हुन्छ । त्यसैले यसका लगि डेक्सबेन्चका खुट्टामा केही बस्तु राखेर सन्तुलनमा ल्याउनु पर्दछ । परीक्षा शुरु हुनु भन्दा १५ मिनेट अगाडि नै उत्तरपुस्तिका पाइन्छ । जुन उत्तरपुस्तिका पाएपछि यसको सबै पानाहरु पल्टाएर हेर्नु पर्दछ । कतै च्यातिएको वा विग्रेको हुनु सक्दछ । यदि त्यस्तो देखिएमा आफ्नो विवरण नभर्दै साट्नु पर्दछ । तत्पश्चात कपीको अगाडि भर्नुपर्ने विवरणहरु सावधानीपूर्वक भर्नु पर्दछ । जसमा आफ्नो सिम्वोल नम्बर (अङ्क र अक्षरमा), परीक्षाको विषय, मिति, परीक्षा केन्द्र जस्ता विवरणहरु हुन्छन् । यो विवरण भरीसेकपछि कपीको मार्जिन मिलाउनु पर्ने हुन्छ । प्रश्नपत्र पाएपछि पनि कपीको अवस्था जाँच जस्तै जाँच गर्नुपर्दछ । यसबाट प्रश्नपत्रहरु पूर्ण रुपमा भए वा नभएको, राम्ररी प्रिन्ट भएको वा नभएको हेर्नु पर्दछ । यति कुरा एकिन गरिसकेपछि लेख्न शुरु गर्नु पर्दछ ।
अघिल्लो आलेखमा परीक्षा हलसम्म पु¥याउने प्रयास गरिएको थियो । अव हलमा बसिसकेपछि ढुक्क भएर बस्नु पर्दछ । शौचालय जानु पर्ने भएमा पनि पहिल्यै नै गएर तयारीका साथ बस्नुपर्दछ । आफूलाई आवश्यक सामग्रीहरु सही तरीकाले डेक्स÷बेन्चमा राख्नु पर्दछ । आफू बसेको डेक्सबेन्च सही छन् वा छैनन्, हल्लिन्छन् कि, के कस्तो अवस्थामा रहेका छन् । राम्ररी चेकजाँच गर्नु आवश्क हुन्छ । नत्र लेख्ने क्रममा हल्लिएर अक्षरहरु विग्रीने हुन्छ । त्यसैले यसका लगि डेक्सबेन्चका खुट्टामा केही बस्तु राखेर सन्तुलनमा ल्याउनु पर्दछ । परीक्षा शुरु हुनु भन्दा १५ मिनेट अगाडि नै उत्तरपुस्तिका पाइन्छ । जुन उत्तरपुस्तिका पाएपछि यसको सबै पानाहरु पल्टाएर हेर्नु पर्दछ । कतै च्यातिएको वा विग्रेको हुनु सक्दछ । यदि त्यस्तो देखिएमा आफ्नो विवरण नभर्दै साट्नु पर्दछ । तत्पश्चात कपीको अगाडि भर्नुपर्ने विवरणहरु सावधानीपूर्वक भर्नु पर्दछ । जसमा आफ्नो सिम्वोल नम्बर (अङ्क र अक्षरमा), परीक्षाको विषय, मिति, परीक्षा केन्द्र जस्ता विवरणहरु हुन्छन् । यो विवरण भरीसेकपछि कपीको मार्जिन मिलाउनु पर्ने हुन्छ । प्रश्नपत्र पाएपछि पनि कपीको अवस्था जाँच जस्तै जाँच गर्नुपर्दछ । यसबाट प्रश्नपत्रहरु पूर्ण रुपमा भए वा नभएको, राम्ररी प्रिन्ट भएको वा नभएको हेर्नु पर्दछ । यति कुरा एकिन गरिसकेपछि लेख्न शुरु गर्नु पर्दछ ।
कतिपय परीक्षार्थीहरुले प्रश्नपत्र हल गर्ने क्रममा जुन पायो त्यही प्रश्नबाट हल गर्न शुरु गर्ने गरेको पाइन्छ । तर, सकेसम्म परीक्षामा सोधिएका प्रश्नहरुलाई क्रमानुसार समाधान गर्नु पर्दछ । यसरी समाधान गर्ने क्रममा प्रत्येक प्रश्नको समाधान लेखिसकेपछि कम्तिमा दुई लाइन जति छुट्टयाउनु पर्दछ ताकि परीक्षकलाई उत्तर छुट्टयाउन कुनै असहजता नहोस् । जुन प्रश्नको समाधान लेखिन्छ, त्यो प्रश्नलाई प्रश्नपत्रमा सानो चिन्ह लगाउँदै जानु पर्दछ जसले गर्दा आफूले कति हल गरेँ र अव कति प्रश्नहरु हल गर्न बाँकी रहेका छन् भन्ने कुराको जानकारी हुन्छ । अर्को कुरा यसले गर्दा कुनै प्रश्न छुट्ने सम्भावना पनि हुँदैन । सफा र राम्रा अक्षरहरु बनाएर नआत्तिइकन आफ्नो क्षमता तथा खुवी देखाएर परीक्षकको मन जित्ने गरी लेख्नु पर्दछ । जसले गर्दा परीक्षकको हातमा कपी पर्ने वित्तकै आहा ! कति राम्रो कपी भन्ने होस् । यसरी लेखिएका परीक्षणको क्रममा यथोचित अङ्क प्रदान गर्नका लागि कत्ति पनि कञ्जुस्याँइ हुँदैन । जसले गर्दा उच्च अङ्क तथा ग्रेड प्राप्त गर्न सकिन्छ । लामो उत्तर आउने प्रश्न भएमा त्यसको अङ्क भार हेरीकन एउटा पानामा उत्तर लेख्नु पर्दछ । कुनै पानामा अर्को प्रश्नको समाधान गरेर बाँकी बँचेको खाली भागमा अर्को प्रश्नको समाधान लेख्नु हुँदैन । जस्तो कि, फरक लेख्ने विषयहरु, विवेचना गर्ने उत्तर, विज्ञानका गणितीय समस्याहरु, ज्यामितीमा प्रमाणित गर्नुपर्ने साध्यहरु वा रचनाहरुलाई अलग पानामा गर्नु पर्दछ । यस्तो कुरामा सबै परीक्षार्थीहरुले राम्ररी ध्यान दिनु पर्दछ । अर्को कुरा के भने लेख्दा लेख्दै पाना सकिने अवस्था आएको अवस्थामा कपीको अन्तिम पानाको बीच भागमा आइसककेको अवस्थामा नै निरीक्षकसँग थप कपीको लागि अनुरोध गर्नु पर्दछ । यसो गर्दा परीक्षार्थीले लेख्दै गर्दा नै कपी आउँछ । कतिपय विद्यार्थीहरुले आफ्नो कपी पूर्ण रुपमा लेखेर सकिएपछि मात्र कपी थप्ने प्रचलन छ । यसो गर्नु हुँदैन, किनकी निरीक्षकलाई थप कपीको तयारी गर्न अनि थप कपीमा हस्ताक्षर गरेर परीक्षार्थाी बसेको स्थान सम्म कपी ल्याउँदै गर्दा १÷२ मिनेट भएपनि समय खेर जान्छ । त्यसैले यो कुरामा पनि विशेष ख्याल राख्नु हुन सबै परीक्षार्थी भाइबैनीहरुमा अनुरोध छ । थपिएको कपीमा पनि रोल नम्बर अनिवार्य रुपमा लेख्नु पर्दछ ।
यसैगरी अर्को कुरा के हो भने, लेख्दा लेख्दै कलमको मसी सकियो वा अर्को रङको कलम परिवर्तन गर्नु पर्ने भयो भने पनि निरीक्षकलाई मसी परिवर्तन भनेर हस्ताक्षर गर्न लगाउनु पर्दछ । परीक्षामा हाजिरी गर्नु पर्दछ, यसका लागि आफू चनाखो भैरहनु पर्दछ । हाजिरी गर्दा आफ्नो नाम परीक्षाको विषय, प्रयोग गरिने भाषा, मूल उत्तर पुस्तिकाको नम्बर र आफ्नो हस्ताक्षर राम्रोसँग लेख्नु पर्दछ ।
अर्को कुरा समयको बारेमा पहिले नै भनिएतापनि पुनस्मरण गराउन चाहन्छु । परीक्षाको प्रत्येक सेकेण्डले भविष्यको रेखा कोर्न मद्धत गर्ने भएका कारण कत्ति पनि समय खेर फाल्नु हुँदैन र समयको उचित व्यवस्थापन गर्नु पर्दछ । आफूले प्रश्नपत्र हल गर्दैै गर्दाको समयमा पनि समयको ख्याल राख्दै गर्नु पर्दछ । समयको ख्याल नराखीकन लेख्दै जाँदा एकैपटक ट्याङ्ग घण्टि बज्यो भने मन चिसो हुन्छ । यसले गर्दा परीक्षार्थीहरुको मनोविज्ञानमा असर पर्दछ । परीक्षार्थीहरुले पालना गर्नु पर्ने नियमहरुलाई ख्याल गर्दै कसैलाई मर्का पर्ने व्यवहार परीक्षा हलमा कुनै पनि हालतमा गर्नु हुँदैन । मेरो लामो मेहनत र लगानीबाट मैले यो अवसर पाएको छु, यसलाई राम्ररी सदुपयोग गर्नु पर्दछ भन्ने सोच्नु पर्दछ । लेख्दा आनन्दित भएर लेख्नु पर्दछ । मस्तिष्कको एकाग्रताको लागि मुखमा केही बस्तुहरु जस्तै कुनै चकलेट, चुइङगम राख्न सकिन्छ तर आवाज आउने गरी चपाउने तथा चुइङगम फुलाएर पट्काउने कुनै पनि हालतमा गर्नु हुँदैन । परीक्षाको लेखनमा विद्वानका परिभाषा, सूत्रहरु तथा अन्य गणितीय समाधानका विषयवस्तुहरु बाहेमा आफ्नो मौलिकता तथा क्षमतालाई प्रस्तुत गर्नु पर्दछ । प्रश्नलाई राम्ररी अध्ययन गरिसकेपछि प्रश्नले भन्न खोजेको कुरा बुझेर प्रश्नले मागेजति कुराहरुलाई व्यवस्थित तरीकाले लेख्नु पर्दछ । उत्तर लेख्दा आल्टु फाल्तु कुरा लेखेर समयको वर्वाद गर्नु हुँदैन । अरुको कपी हेर्ने, सार्ने वा हेर्न पाइन्छ कि भनेर आशे हुनु कदापि पनि हुँदैन । आफूले जानेको कुरा नै निर्धक्क भएर लेख्नु पर्दछ । हाम्रै अनुभवमा एसएलसीको उत्तर पुस्तिका परीक्षणको क्रममा मौलिक रुपमा लेखिएका र पुरै लेख्न नआएता पनि केही रुपमा प्रयास गरिएका कपीहरुमा यथोचित अङ्क प्रदान गर्ने गरेका छौं । उत्तर कुञ्जिका तथा परीक्षणको निर्देशिकाहरुमा पनि यो कुरालाई उल्लेख गरिएको हुन्छ । त्यसैले कपीमा बेप्रसङ्गका कुराहरु, आफ्ना कथावेथाहरु, व्यक्तिगत समस्याहरु कहिल्यै पनि लेख्नु हुँदैन । कपीमा फोन नम्बर लेख्ने, मलाई पास गराइदिनुहोला, मेरो यस्तो समस्या छ भनेर लेख्नु कदापि हुँदैन । हुनत अव एसएलसीमा विषयगत ग्रेडिङ पद्धतिमा मूल्याङ्कन गर्ने राज्यले निर्णय लिइसकेको अवस्था छ । तथापि भोलिको आफ्नो भविष्यलाई सुन्दर र सफल बनाउनका लागि पनि मैले प्रत्येक विषयहरुमा राम्रो ग्रेड प्राप्त गर्नु पर्दछ भन्ने सोच्नु पर्छ । त्यसैले पनि उत्तर लेखनमा मौलिकता र आफ्नै ढङ्ले निष्कर्ष दिने बानी गर्नु अत्यन्तै राम्रो हुन्छ ।
सबै प्रश्नहरुको समाधान गरिसकेपछि, केही समय बचत गरेर पुन कुनै पनि प्रश्नहरु हल गर्न छुटेको पो छन् कि भनेर चेकजाँच गर्नु पर्दछ । यसो गरिएमा आफूले कनै प्रश्न कतै पनि केही कुरा छुटाइएको रहेछ भने बाँकी समयमा गर्न सकिन्छ । यसैगरी कपीलाई पनि शुरुदेखि पाना पल्टाएर हेदै जानु पर्दछ । समय छ भने आफूले लेखेको कुराहरुलाई एकपटक सर्सती हेर्नु पर्दछ । यसो गरेमा आफू ढुक्क हुन सकिन्छ । यही क्रममा पनि कतै प्रश्नको उत्तर लेखनमा केही कुरा छुटेको भएपनि त्यसलाई सच्याउने मौका पाइन्छ । समय भएमा गणित वा अन्य विषयमा पनि गणितीय समस्याहरु भएको प्रश्नहरुमा आफूले निकालेका उत्तरहरु प्रश्नपत्रमा सिसाकलमले टिपोट गरेर ल्याउन सकिन्छ । यदि कपीहरु थप गरिएको छ भने ती थप कपीहरुको विवरण प्रथम पृष्ठमा उल्लेख गर्नु पर्दछ र राम्ररी स्टिच गर्नु पर्दछ ।
उत्तर पुस्तिका निरीक्षकलाई बुझाउनु भन्दा अगाडि पनि सम्पूर्ण रुपमा कपी ठिक भएको एकिन गरेर बुझाइ आफ्ना सामग्रीहरु लिएर परीक्षा हलबाट बाहिरीनु पर्दछ । यसरी बाहिरीइसकेपछि अन्य साथीहरुसँग धेरै गफगाफ नगरीकन घरतिर लाग्नु पर्दछ । र, घरमा पुगेर सामान्य समिक्षा गरेर अर्को दिनको विषयको तयारीमा जुट्नु पर्दछ ।
भाइबैनीहरु तथा सम्पूर्ण अभिभावकज्यूहरु ! कतिपयले यो आलेख पढ्न छुटाउनुभयो भने पनि निककट भविष्यमा नै यसमा यहाँहरुको सरसल्लाह बमोजिम थप परिमार्जन गरेर सानो पुस्तकको स्वरुप तयार गर्ने सोच बनाएको छु । यसका लागि पनि यहाँहरुको सल्लाह सुझावको अपेक्षा गरेको छु । हवस् त एसएलसी विशेष मेरा लेखको क्रममालाई यो दशौं भागबाट विराम दिन चाहन्छु । आगामी दिनहरुमा शिक्षा क्षेत्रका विविध कुराहरु समेटेर निरन्तर कलम चलाउने नै छु । यहाँहरुको निरन्तर सल्लाह सुझाव अनि आर्शीवादको अपेक्षा गर्दै विदा हुन्छु । धन्यवाद ।
subediprabhat@gmail.com
0 comments
Write Down Your Responses