घाटीको समस्याले गर्दा एक बर्ष जति गित गाएन : गायक कमल बि.सी.माल्दाई
“भगवानलाई झुक्ने गराउँछु ,, पाँच एकाने पाँच ,, काँकरीको झालैमा लौका फलेको ,, रुँदै धरधर, यसपालिको दशैंमा आउँछु सानु घर ,, भुकम्प २०७२ बिशेष ,, हल्का दारी जुंगा पालेको ,, बुढी रिसाँउछे” लगाएतका गित उनका चर्चित गितहरु हुन । २०७२ सालको सुरुवात तिर गायक बि.सी.को घाटीमा एक्कासी समस्या देखिएपछि चिकित्सकले उनलाई केही समय धेरै नबोल्न र गीत नगाउन सुझाव दिए । चिकित्सकको सल्लाह बमोजिम २०७२ सालको दशै शुभकामना गित “दियो जस्तै बलिरहनु, मखमलीझै फुलिरहनु” गाएपछि झण्डै एक बर्षजति उनले गित गाएनन ।
एक बर्षको अन्तरालपछि उनले २०७३ सालको तिजमा “हल्का दारी जुंगा पालेको र बुढी रिसाँउछेु ” बोलका दुईवटा तिज गितहरु गाए । यी दुई गतिहरु २०७३ सालको तिजमा धेरैले रुचाए पनि । अहिले पनि गायक बि.सी.को घाटीमा पुर्ण रुपमा सुधार आएको छैन । त्यहि भएर मेला, महोत्सब र कार्यक्रमहरुमा जाने गरेको छैन गायक बि.सी.ले भने । अब भने बिस्तारै घाटीको समस्या समाधान हुँदैछ, उनले भने, यसपछि मेरो आवाजमा थुपै्र गितहरु रेकर्ड हुँदैछन् र मेला महोत्सबहरुमा पनि जाने तयारीमा छु , उनले यस अनलाईनलाई जानकारी दिए । अब गायक बि.सी.का अन्य डान्सिङ गितहरु बजारमा आउने तयारीमा छन् ।
0 comments
Write Down Your Responses