भारतीय नागरिकद्वारा बृद्घाश्रमलाई लाखौं सहयोग

पोखरा, मंसिर १३ ।
 भारतको नयांदिल्ली घर भै हाल पोखरा बस्दै आएका दिवान कक्षकुमार दत्तले आफ्नी स्वर्गीय छोरी मलदत्त तलवारको स्मृतिमा पोखरा बृद्घाश्रमलाई  एक लाख रुपैया सहयोग गरेका छन् ।  प्रीया हर्वल ब्यूटी पार्लर एवं हर्बल प्रोडक्टको ब्यवसाय संचालन गर्दै आएका ब्यवसायि दत्तले बर्षेनी आश्रममा आएर सहयोग गर्ने गरेको जानकारी पोखरा बृद्घाश्रमका अध्यक्ष बसन्त केशव पराजुलीले दिएका हुन् । भवन निर्माण सम्पन्न नभएको अवस्थामा कम्पाउण्ड निर्माण गर्न करिब एक करोड लाग्ने रकम जुटाउन पर्ने भएको अध्यक्ष पराजुलीले बताए ।


आश्रमको नयां भवन बन्दै गरेको र भवन परिसरमा निर्माण गरिने मन्दिर निर्माणका लागि आर्थिक अभाव भएको महशुस गरि ब्यवसायि दत्तले उक्त सहयोग गरेका थिए । प्रीया हर्बल प्रोडक्ट बिक्री गर्दै आएकी न्यू कञ्चन ब्यूटी पार्लर चिप्लेढुङ्खाकी संचालिका सीमा सुबेदीका अनुसार दत्तले आफूले ब्यवसायबाट आर्जन गरेको रकम मध्य केही यस्तै सहयोगमा प्रदान गर्दछन् । यसै गरि न्यूरोडमा सुन ब्यवसाय सञ्चालन गर्दै आएका सोम सुनार तथा बिष्णु सुबेदीले पनि सोही दिन आफ्नो जन्मोत्सवमा पोखरा बृद्घाश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई भोजन खुवाएका थिए ।
पोखरा बृद्घाश्रममा बेबारिसे र असहाय ज्येष्ठ नागरिकलाई सरकारी कार्यालयको सिफारिस गरि ल्याउने क्रम जारी रहेको र सेवक सेवीकाको दरबन्दी कम भएकोमा आश्रमले ब्ययभार ब्यहोर्न गाह्रो परेको बताईएको छ । अशक्त ज्येष्ठ नागरिकहरुलाई स्याहार्न मानव संसाधन पर्याप्त नरहेको र भएकालाई पनि  सेवा गरे अनुरुप पारिश्रमिक दिन नसकिएको कुरा आश्रमका सहसचिव केशवराज लम्साल बताउंछन् । ज्येष्ठ नागरिकहरुका लागि नियमित क्लिनिक संचालन गर्न अझै सकिएको छैन । यसकोलागि आवश्यक यवस्था मिलाउन सरकार समक्ष अनुरोध गरिने जानकारी स्वयंसेवा गर्दै आएका डा.अमृत घिमिरेले जानकारी दिएका छन् ।

, ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News