नया कलाकारहरुको रोजाईमा बागेश्वरी म्युजिक
काठमाडौं, मंसिर १० गते ।।
म्युजिक कम्पनीहरुको भिडमा स्थापना भएको छोटो समयमा राम्रो सफलता पाईरहेको बागेश्वरी म्युजिक गीतसंगीत क्षेत्रमा प्रबेश गर्ने नव कलाकारहरुको रोजाईमा परेको छ । प्रतिभा भएका नयाँ कलाकारहरुलाई विशेष प्राथमिकता दिँदै आएको यस म्युजिक कम्पनीले गीतको अडियो भिडियो निर्माणमा सहुलियत गर्ने भएकाले पनि यो म्युजिक कम्पनी छोटो समयमा नव कलाकारहरुको रोजाईमा पर्न सफल भएको हो ।
मोडलिङ्ग अनि गायन क्षेत्रमा प्रबेश गर्नेहरुको लागि बागेश्वरी म्युजिकले आवश्यक सहयोग गर्दै आईरहेको छ । बागेश्वरी म्युजिकको प्रधान कार्यालय काठमाडौंको अनामनगरस्थित म्युजिक नेपाल नजिक रहेको छ । यस कम्पनीको शाखा कार्यालयहरु नेपालगंज, बर्दिया, कोहलपुर, सुर्खेत लगाएतका ठाउँहरुमा पनि बिस्तार भैसकेको छ ।
0 comments
Write Down Your Responses