सिके राउतलार्इ र्इन्काउनटर गर
चैत्र १९
काठमाडौं । देश खिण्डनको घोषित अभियानमा रहेका सिके राउतको बुधबार एउटा टेलिभिजनले लिएको अन्तरवार्तालाई लिएर उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले कडा आपत्ति जनाएका छन् ।
देश टुक्र्याउनुपर्छ भनेर अन्तरवार्ता दिने राउतलाई ‘इन्काउन्टर’ गर्नुपर्ने र अन्तरवार्ता लिने टेलिभिजनमाथि समेत कारवाही गर्नुपर्ने उपराष्ट्रपति पुत्र पुनले प्रतिक्रिया दिएका छन् ।

फेसबुकमा पुनको टिप्पणीलाई धेरैले समर्थन गरेका छन् । पुनले टेलिभिजनमा राउतको अन्तरवार्ता हेरेपछि असैह्य भएर फेसबुकमा लेखेको बताए ।
पुनले भने, ‘घैंटे जस्तो एउटा मामुली गुण्डालाई प्रहरीले इन्काउन्टर गर्छ । तर, खुल्लमखुल्ला देश टुक्र्याउँछु भनेर हिँडिरहेको व्यक्तिलाई खुल्ला छाडिन्छ, योभन्दा ठूलो दुर्भाग्य के हुन्छ ?’
उनले राउतलाई पक्राउ गर्दै छाड्दै गरेकोमा पनि प्रहरीको आलोचना गरे । उनले भने, ‘प्रहरीले उल्टो उसलाई हिरो बनाउने काम गरिरहेको छ । कि आजीवन कारावासमा राख्न सक्नुपर्यो, कि इन्काउन्टरमा जानुपर्यो ।’
![]() |
पुनको स्टाटस यस्तो छः |
अन्तरवार्ता लिने टेलिभिजनप्रति पनि पुन आक्रामक भए । उनले भने, ‘एउटा राष्ट्रिय स्तरको टेलिभिजन देशको राष्ट्रियताप्रति उत्तरदायी हुनुपर्छ कि पर्दैन ? सिके राउतले कस्तो विचारको वकालत गर्छन् भन्ने जान्दा जान्दै उनलाई स-सम्मान अन्तरवार्तामा बोलाउनुको आशय के हो ? यस्ता टेलिभिजनमाथि रोक लगाउनुपर्छ ।’
तराईमा स्वतन्त्र देशको अभियान चलाउँदै आएका राउत तीन दिन अघि काठमाडौं आएका हुन् ।
0 comments
Write Down Your Responses