राष्टिय सहकारी दिवसको अबसरमा अनुभव आदानप्रदान कार्यक्रम

चैत्र २०
समाज न्याय र आर्थिक रुपान्तरणका लागी सहकारी भन्ने नाराका साथ ५९ औ राष्टिय सहकारी दिवसको अबसरमा सनिबार बाँसगढीमा अनुभव आदानप्रदान कार्यक्रम गरिएकोे छ । 

जनभावना बचत तथा ऋण सहकारी संस्था बाँसगढीले दिवसको अबसरमा  अनुभव आदान प्रदान कार्यक्रमको आयोजना गरि दिवस मनाएको हो । कार्यक्रममा आफनो सहकारी संस्थाहरुको बारेमा जानकारी, सहकारी संस्थाहरुको अनुभव साटासाट गरिएको थियो । जनभावना बचत तथा ऋण सहकारी संस्था बाँसगढीकी शिक्षा संयोजक सुनिता केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति बाँसगढीको पुरानो सहकारी मनकामना सहकारी संस्था बाँसगढीका अध्यक्ष  तोयनाथ अधिकार, अन्य अथितिहरुमा जनभावना बचत तथा ऋण सहकारी संस्थाका बरिष्ठ सल्लाहाकार तथा समाज सेबी बालकृष्ण खनाल, भुपु शैनिक कृषि सहकारी संस्थाका लेखा समिति संयोजक प्रेम बहादुर सापकोटा लगायत बिभिन्न सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु रहेका थिए । जनभावना बचत तथा ऋण सहकारी संस्थाका सचिव भद्रबहादुर परियारले सञ्चालन गरेको कार्यक्रममा आयोजक संस्थाका व्यवस्थापक मानबहादुर रानाले स्वागत मन्तव्य राख्नु भएको थियो ।

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News