साक्षरता, नयाँ वर्ष र हाम्रो दायित्व प्रभात सुवेदी

‘अब परिभाषाहरु फेरिँदै गएका छन् । मूल्य, मान्यताहरुमा पनि बिस्तारै परिवर्तन हुँदै गएका छन् । ती परिवर्तनहरुले सकारात्मक नतिजा दिनका थालिसकेको अवस्था पनि छ । पढ्नु, लेख्नु र अंकगणितीय ज्ञान मात्रै साक्षरताको परिभाषाबाट अलग भैसकेको छ । यसमा अब प्रविधिको ज्ञान, समाजको ज्ञान, मनोरञ्जन जस्ता मानवीय आवश्यकताहरु पनि थपिएका छन् ।’ वि.सं. २०७२ को अन्तिम दिनमा उमेरले झण्डै ७५ बर्ष पुग्नुभएका बुबाले मलाई फोन गरेर भन्नुभयो, ‘बाबु मैले पनि फेसबुक चलाउन प¥यो, मेरो मोबाईमा पनि फेसबुक चल्ने बनाइदिनु होला, के गर्नु पर्छ ? अनि पैसा कति लाग्छ नि ?’ यस प्रकारका जिज्ञासाहरुले मलाई एकक्षण सोचमग्न बनायो र म सोचिरहें अनि केही बेर घोत्लिएँ पनि । आज मानिसहरुलाई प्रविधिले बदलेको छ, बदलिनका लागि वाद्य बनाएको छ । सोच अनि कामका तौर तरीकाहरुमा पृथकता ल्याएको छ । यही पृथकतासँग आफूलाई विस्तारै प्रविधिमैत्री बनाउँदै लगेको पनि छ ।

 नबनाएर पनि त भएन नि, जुग जमाना अनुसार त चल्नै प¥यो । उपरोक्त उदारहण किन पनि मैले प्रस्तुत गर्न खोजको हो भने मानिसको सिकाइको क्षितिज कहाँसम्म हो भन्ने कुरा अब ठम्याउन गाह«ो भैसेको छ । यसले मानिस नयाँ नयाँ ज्ञानको पिपासु हो भन्ने सैद्धान्तिक मान्यतालाई प्रमाणित गरिदिएको छ । हिजोका दिनमा सञ्चारको अवस्था, महिनौं सम्म पनि एक ठाउँको खबर अर्को ठाउँमा जान नसक्ने अवस्था तर आज प्रविधिको व्यापकता र चामत्कारीक प्रगतिका कारणले गर्दा विश्व नै मानिसको औंलामा सिमित भएको छ । हिजोका दिनमा यो कुरा कल्पनाभन्दा बाहिर थियो । आज संभव भएको छ । विज्ञानले यो संभव तुल्याएको छ । त्यसैले मानव मस्तिष्कले मात्रै सोच्नु पर्दछ नहुने कुरा केही पनि रहेनछ । यो प्रमाणित भैसकेको अवस्था छ । विभिन्न सफ्टवेयर तथा मोबाइलका एप्सहरु र यसका प्रयोगबाट मानिसले आज आफ्नो सिकाइको दायरालाई पृथक गर्दै लगेको अवस्था छ । यो पृथकताको दूरी कहाँ सम्म हो भन्ने कुराको अब कुनै निश्चिता भएन किनकी हाम्रा अगाडिका पुस्ता मानिएका जेष्ठ नागरिकहरुले पनि यसको आवश्यकताको महशुस गरिसक्नुभएको छ । 

एकपटक यस्ता दिन थिए कतै जाँदा बाटोघाटोमा दिसा कुल्चिएर हिड्नुपर्ने र कुनै अफिस, कार्यालय वा कुनै कार्यक्रममा पुग्दा आफ्नो जुत्ता वा चप्पलमा टाँस्सिएको दिसाको दुर्घन्धका कारण सम्बन्धित स्थल नै दुर्घन्धित हुन जान्थ्यो । अनि पानी भएमा त पखालिन्थ्यो नभएमा फेरी उही बाटोको छेछछाउमा उम्रेको घाँसमा पुछपाछ गरिन्थ्यो । आज एउटा अभियान चल्यो, मानिसहरुमा चेतना भर्ने काम भयो । जुन कामले साकार रुप पाएपछि धेरै हदसम्म यसमा सुधार आएको अवस्था छ । जसको परिणाम हो कि आजभोलि बाटोघाटोमा खुला दिसा देखिदैन । यो सकारात्मक परिवर्तन हो । यसको त खुलेर तारीफ गर्नै पर्दछ । तथापि कहिँ कतै छिटपुट रुपमा अव्यस्थित शौचालयहरु भने देखिन्छ । यसमा पनि सुधार ल्याउनृु जरुरी छ । जिल्लाहरु खुला दिसा मुक्त जिल्ला घोषणा भएका छन्, कतिपय भने हुने क्रममा रहेका छन् ।


 केही भएपनि यसको प्रभावका कारण हामीमा चेतनाको द्वार भने अवश्य खुलेका छन् । तीनै द्वारहरुबाट चियाउँदै अब अझ त्यो भन्दा पनि परको क्षितिज हेर्ने बेला आएको छ । गणितीय शाश्वत नियम के रहेको छ भने कुनै पनि कुरा शत प्रतिशत हुनै सक्दैन । त्यस्तै सम्भाव्यताको सिद्धान्तले पनि त्यही भन्छ कि संभावना पनि एक वा शतप्रतिशत हुनै सक्दैन त्यसैले यस प्रकारका कार्यहरुबाट मात्र न्यूनीकरण हुन सक्दछन् पुरापूर समाधान खोज्नका लागि त समाजका आम सदस्यहरुमा नै एक खालको जागरुकता र हामी र हाम्रो भन्ने भावनाको विकास हुनु जरुरी हुन्छ । अब परिभाषाहरु फेरिँदै गएका छन् । मूल्य, मान्यताहरुमा पनि बिस्तारै परिवर्तन हुँदै गएका छन् । ती परिवर्तनहरुले सकारात्मक नतिजा दिनका थालिसकेको अवस्था पनि छ । पढ्नु, लेख्नु र अंकगणितीय ज्ञान मात्रै साक्षरताको परिभाषाबाट अलग भैसकेको छ । यसमा अब प्रविधिको ज्ञान, समाजको ज्ञान, मनोरञ्जन जस्ता मानवीय आवश्यकताहरु पनि थपिएका छन् ।

 त्यसैले अब साक्षरताको पनि सिमाङ्कनमा परिवर्तन आएको छ । अक्षर चिनेर मात्रै भन्दा पनि प्रविधिसँग साक्षातकार हुन सक्नु नै साक्षर मानिने अवस्था आएको छ । त्यसैले राज्यले साक्षरताको अभियानमा पनि निरक्षरहरुलाई साक्षर बनाइसकेपछि दैनिक जीवनमा आइपर्ने हिसाबकिताव गर्न सक्नुका साथै प्रविधीसँग आत्मसात गर्न सक्ने बनाउनुलाई यसको उद्देश्यका रुपमा निर्धारण गरिएको छ । बर्दिया जिल्लाको सन्दर्भमा साक्षरता प्रतिशत ९६.४१ पुगेको सार्वजनिक गरी साक्षर जिल्ला घोषणा गरिएकोमा अझै पनि १२ हजार ४ सय सैंतिस जना निरक्षर देखिएका छन् । यो तथ्याङ्क मात्रै हो । यसको वास्तविकताभित्र अझै पनि निरक्षरहरुको संख्या कम हुनु भन्दा पनि बढ्न सक्नेर देखिन्छ । अब अक्षरहरुसँग साक्षातकार गराउँदै अक्षर चिनाउने अभियानका साथै प्रविधीहरुसँग पनि साक्षातकार गराउनु पर्ने भैसकेको छ । यो हामी सबै साक्षरहरुको दायित्व पनि हो । अबको हाम्रो साक्षरता वि.सं. २०७२ को आगमनसँगैका घटेका विभिन्न खालका प्राकृतिक विपत्तीहरुसँग कसरी सजग भै सुरक्षित रहन सकिन्छ भन्नेमा पनि केन्द्रित हुनु आवश्यक छ ।

 किनकी कुनै पनि प्राकृतिक विपत्तीले जति क्षति पु¥याउँदछ, त्यो भन्दा पनि बढी क्षति भनेको हाम्रो असावधानी र पूर्व तयारीको कमीका कारण हुन्छ । नयाँ वर्ष २०७३ को आगमनसँगै यस प्रकारका विपत्तीहरु नआउन भन्ने कामना हामीले गरिरहेकै छौं तथापि प्राकृतिक विपद भनेको जतिबेला पनि आउन सक्ने भएको कारणले गर्दा पनि यसप्रति सजग र सचेत रहुन पर्नेमा पनि अबको शिक्षा केन्द्रित हुनु पर्ने आवश्यकता छ । यसका लागि हामी सबैले जहाँबाट जे गर्न सक्दछौं आजैबाट गर्नु पर्ने हुन्छ । वि.सं. २०७२ साल शैक्षिक दृष्टिकोणबाट मात्रै नभएर धेरै क्षेत्रहरुबाट थला परेर गयो । भूकम्पले दिएको सुपारी चैत महिनासम्म पनि विडम्बनापूर्ण घटनाहरुबाटै अन्त भएको छ । राजनैतिक घटनाक्रमहरु लगायतका दूर्भाग्यपूर्ण अवस्थाहरुको अव स्मरण गरीसाध्यै पनि छैन । तर, ती घटनाहरुबाट हामीले ठूलो पाठ सिकेका छौं ।

 यो सिकाइलाई भने जीवनका यथार्थ भोगाइहरुमा प्रयोग गर्नु पर्ने भएको छ । त्यसैले जे जसरी वि.सं. २०७२ साल वितेपनि वि.सं. २०७३ को आगमन सबैका लागि सुखद होस् । यसका लगि समाजमा सकारात्मक काम गर्ने र गतिशील मार्गमा अगाडि बढाउने कार्यमा सबैलाई प्रेरणा मिलोस् भन्ने कामना ।

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News