बहराइन सरकारको मातहतमा हुने बृहत कार्यक्रममा नेपालीहरुको पनि व्यापक उपस्थिति हुने ।

बिगत केही साल देखि बहराइनमा "Bahrain for all & all for Bahrain” कार्यक्रम नियमित हुँदै आएको छ । उक्त कार्यक्रममा संस्थाले नेपाल र नेपालीहरुको पहिचान झल्किने ,लोक संस्कृतिहरु देखाउने, नृत्यहरु गर्ने र गीत संगीतहरु बाट मनोरञ्जन दिदै आइरहेको छ । स्टलहरु राख्ने अनि नेपालको विभिन्न पर्यटन क्षेत्र, धार्मिक र ऐतिहासिक सम्पदाहरुको बित्त चित्र एंब ब्रोसरहरु बितरण गरी नेपाली क्लब बहराइनले अप्रत्यक्ष रुपमा नेपालको पर्यटन बिकासमा समेत टेवा पुर्याउने कार्य गरीरहेको कार्यक्रम संचालक टीम ले जनाएको छ ।
उक्त टीमले बहराइनमा आगामी हुने बृहत खालको कार्यक्रम २९
अप्रिल २०१६ माँ बहराइनको Prince Al Khalifa Park Hid मा
हुने समेत जानकारी गराएको छ । उक्त
कार्यक्रममा विभिन्न देशहरु बाट
बहराइनमा आएर बसोबास गर्ने आप्रवासीहरुको व्यापक उपस्थिति हुने जनाइएको छ । कार्यक्रममा १ लाख दर्शकहरुले प्रत्यक्ष
अवलोकन, मनोरञ्जन ,सांगीतिक
एंब सांस्कृतिक कार्यक्रममाहरु हेर्न पाउनेछन । कार्यक्रमबाट
विश्व सामु अग्लो हिमाल सागरमाथा नेपालमै रहेको , विश्व शान्तिको अग्रदुत गौतम बुद्ध जन्मेको र देशबाट
नेपालीहरुले शान्ति फैलाउन सधै सहयोग पुर्याउने क्लबका अध्यक्ष कमल श्रेष्ठले बताउनु भयो । कार्यक्रमलाई सफल ,मर्यादित भब्य र सभ्य पार्न
नेपाली क्लब बहराइनका ब्यबस्थापक सचिब अजय
गुरुङज्युलाई कार्यक्रम संचालक टिमले जिम्मेवारी सुम्पेको छ ।
0 comments
Write Down Your Responses