‘के म तिम्रो होइन र’ को निर्माणसँगै यसरी खुशी भर्इन स्वेता!
आफूले निर्माण तथा अभिनय गरेको चलचित्र
‘कोहिनुर’को चर्चित गीतबाट नाम सापटी लिइएको ‘के म तिम्रो होइन र’ को
पत्रकार सम्मेलनमा उपस्थित नायिका स्वेता खड्काको अनुहारमा मुस्कान देखिएको
थियो । स्वेता आफ्नो अनुहारमा मुस्कान फर्किएकोमा खुशी देखिइन् । उनले
चलचित्र क्षेत्रमै लागेर आफूले केही गर्न चाहेको भन्दै सबैको माया र
स्नेहका लागि आग्रह गरिन् ।
कार्यक्रममा नायिका खड्काले स्वर्गीय नायक
श्रीकृष्ण श्रेष्ठलाई सम्झिइन् । स्वेताले भनिन्-‘कोहिनुर’को व्यापारबाट
उहाँको आत्मा पनि खुशी भयो होला । उहाँले जहाँबाट हेरे पनि खुशी हुनुभयो
होला ।’
चलचित्र ‘के म तिम्रो होइन र’मा आफूले काम गर्ने चर्चा चलेको भन्दै उनले सो समयमा आफू यसका लागि तयार नभएको स्वेताले बताइन् ।
उनका अनुसार उनी दिमागी र शारीरिक रुपमा
नै चलचित्र खेल्न तयार थिइनन् । तर, अब स्वेता चलचित्र क्षेत्रमा फर्किने
कुरा गरिरहेकी छिन् । आफूलाई पहिले जुन माया र स्नेह दर्शक र पत्रकारले
दिएका थिए, सो फेरि पाउने अपेक्षा यी नायिकाको थियो ।
नायिका खड्काले ‘के म तिम्रो होइन र’
आफ्नै लगानी र ब्यानरबाट निर्माण गर्ने सोच आए पनि सो समयमा सम्भव नभएकाले
ढीला नगर्न भन्दै निर्देशक आकाश अधिकारीलाई निर्देशन गर्न आग्रह गरेको
बताइन् ।
0 comments
Write Down Your Responses