इलाका प्रशासन कार्यालय बाँसगढ़ी, गृहमन्त्री शक्ति बस्नेत द्धारा उद्घाटन

बर्दिया, जेठ २६ गते
बर्दियाको बाँसगढी नगरपालीकामा बुधबार ईलाका प्रशासन कार्यालयको उद्घाटन गरीएको छ । ईलाका प्रशासन कार्यालयको उद्घाटन गृहमन्त्री शक्ति बस्नेतले गर्नु भएको हो । मन्त्री बस्नेत कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै असन्तुष्ट दलहरुलाई सहमतिमा आउनु आग्रह गर्नु भएको छ । सहमति र सहकार्यमा सबिधानलाई आबश्यकता अनुसार परिमार्जन गर्न सकिने कुरा बताउनु भयो ।
नयाँ सबिधान बिगतका सबिधान भन्दा अलि फरक भएकोले नेपाली जनताले सबिधान कार्यान्वयन भएपछि शिक्षा , रोजगारी, सिर्जना गर्ने खालको रहेको बताउनु भयो । आब सबिधानलाई ब्यबहारिक कार्यन्वयन गर्ने जिम्मा सम्पुर्ण नेपालीको काँधमा आएको छ भन्नु भयो । कतिपय मान्छेहरुले यो संबिधान चित्त बुझाएको छैनन्, उहाँहरुलाई सबिधान लागु भयो भने धेरैलाई आफुले खाई पाई आएको कुरा गुम्ने हो की भन्ने दर रहेको बताउनु भयो ।
उहाँहरुले सबिधान लागु नहोस् भन्ने चाहनु भएको हो भनेर आरोप पनि लगाउनु भयो । उद्घाटन कार्यक्रममा बिशिष्ट अतिथिमा साँसद् लिला राणा, अतिथिमा प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापा, प्रहरी नायब महा निरिक्षक माधब प्रसाद नेपाल, बिभिन्न सरकारी कार्यालयहरुका प्रमुख, सुरक्षा निकायका प्रमुख, बिभिन्न राजनितैक दलका प्रतिनिधीहरु लगायत सुरक्षा कर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । 

ईलाका प्रशासन सञ्चालन भए पछि आजै ५ जनालाई नेपाली नानगरिकता प्रदान गरीएको छ । बाँसगढीमा ईलाका प्रसासान भईपछि बाँसगढी क्षेत्रका बासिन्दाहरु बर्दियाको सदरमुकाम गुलरिया धाउन नपर्ने भएको छ । ईलाका प्रशासन बाँसगढीमा नागरिकता, राहदानी लगायतका प्रशासनिक कार्यहरुसँगै प्रमुख जिल्ला अधिकारीको आदेशमा शान्ति सुरक्षाको काम पनि हुने जनाईएको छ ।

, ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News