सरकारी वकीलका काम कारवाहीका सम्वन्धमा अन्तरकृया

बर्दिया, असार २४
महान्यायाधिवक्ताको कार्यालय र मातहत सरकारी वकील कार्यालयहरुका काम कारवाहीका सम्वन्धमा सरकारी एंव गैर सरकारी निकाय बिच छलफल तथा अन्तरकृया कार्यक्रम बर्दियाको सदरमुकाम गुलरियामा सम्पन्न भएको छ ।
महान्यायाधिवक्ताको कार्यालयको संस्थागत सुदृढिकरण कार्यक्रम अन्तरगत जिल्ला न्यायाधिवक्ता श्री राम प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कानूनी शासन एंव सरकारी निकायका काम कारवाही विधि सम्मत हुनुपर्ने कुरामा जोड् दिईएको थियो ।
कार्यक्रममा जिल्ला न्यायाधिवक्ता राम प्रसाद अधिकारीले सरकारी वकील कार्यालयले सम्पादन गर्ने काम कारवाहीका सम्वन्धमा प्रकाश पार्दे आफनो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्र प्रस्तुत गर्दै जिल्ला न्यायाधिवक्ता अधिकारीले जिल्ला स्थित विभिन्न सरकारी कार्यालयहरुबाट सम्पादन हुने काम कारवाही तथा निर्णय विधिसम्मत भएमा मात्र सेवा प्रभावकारी भै सुशासनमा टेवा पुग्ने हुँदा हाम्रा काम कारवाही विधि सम्मत हुन आवश्यक भएको कुरा बताउनुभयो । 
आफ्ना काम कारवाही विधि सम्मत बनाउन सरकारी वकीलसँग कानूनी राय सल्लाह लिन सकिने प्रावधान भएको र तिन आर्थिक बर्षको जिल्ला सरकारी वकील कार्यालयबाट प्रदान गरिएको कानूनी राय सम्बन्धी विवरण हेर्दा उक्त तथ्याङ्कबाट जिल्ला स्तरका सरकारी कार्यालयहरुले सरकारको कानूनी सल्लाहकारसँग कानूनी राय लिने प्रवृति न्यून रहेको कुरा औल्याईएको छ । सो तथ्याङ्कअनुसार आ.ब २०६९।०७० मा ८० वटा कार्यालय वा अधिकारीले ९२ राय माग गरेको, त्यस्तै २०७०।०७१ मा ८५ कार्यालय वा अधिकारीले ८९ राय माग गरेको र २०७१।०७२ मा ७४ वटा कार्यालय वा अधिकारीले ८७ राय माग गरेको विवरण कार्यपत्रमा उल्लेख गरिएको  थियो । 
उक्त कार्यक्रममा कार्यालय प्रमुख एंव अन्य सहभागीहरुको व्यापक छलफल भई जिल्ला सरकारी वकील कार्यालयले कानूनका सम्वन्धमा बेला बेलामा यस्ता अन्तरकृया कार्यक्रमहरु गरी निरन्तरता प्रदान गर्नु पर्ने धारणा कार्यक्रममा प्रमुख अतिथि माननिय अतिरिक्त जिल्ला न्यायाधीश श्री रमेश शर्मा पौडेल , विशेष अतिथि प्रमुख जिल्ला अधिकारी श्री बिष्णु वहादुर थापा, प्रहरी उपरिक्षक भरत बहादुर वोहरा र बर्दिया जिल्ला वारका अध्यक्ष श्री संजिब कुमार कर्णले व्यक्त गर्नु भएको थियो । 
सो कार्यक्रम सहायक जिल्ला न्यायाधिवक्ता श्री गणेशजी शाहले संचालन गर्नु भएको थियो । 

, , ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News