हनुमाने राष्ट्रबादीहरू !

माकान्त बास्तोला 

नेपाल मात्र यस्तो देश बनेको छ जहाँ राष्ट्रवादीहरुको चर्को बासस्थान छ । यस्तो लाग्छ आमूल परिवर्तनका लागि देशको ढुङ्गा माटोले समेत राष्ट्रबादको रुपधारणा गरेको छ । आखिर ति कस्ता राष्ट्रबादी हुन ? तोते बोल्ने कलीला बालबालिकालाइ माटो सुहाउदो प्रयोगात्मक र ब्यबहारिक ज्ञान आर्जनकाबाट बन्चित गरेर अंग्रेजी र हिन्दी भाषामा पाठ सिकाउदै जात, धर्मको जलप लगाएर दिइने शैक्षिक गुणस्तर भित्र  तिनै बालबालिकाहरुको उज्जल भबिस्य खोजिन्छ ।

आफ्नो भासा संस्कृति परम्परालाइ भुल्दै बिदेशी संस्कृतिको नक्कल गर्दै संस्कृति प्रतिको बिचलनलाइ निम्त्याउने राष्ट्रियताको जय जयकार गर्न तीर लागिन्छ । तर यो सोचिदैनकी राष्ट्रियता कस्तो हुन्छ र कसरी जोगिन्छ । पुर्खाले दिएको नासोलाइ पेवा ठान्दै आधुनिकतावादको पगरी गुठ्ने नैतिक मानवहरु राष्ट्रवादी बनेका छन् ।

नदीनाला, कलकारखाना , उधोग आदि बिदेशिको हातमा सुम्पनेहरु नै आज देसको माली भएका छन । जनतालाइ त्राहि त्राहि पारेका दैत्यहरुले झैँ आज हुकूमत चलाउनेलाई महान राष्ट्रवादी बनाएका छौ । उत्पीडित वर्ग र समुदायको नाउमा खोक्रा भाषण र लोभ्याउने चिल्ला गफमा दुधको साँची बिरालो बनेका हनुमान जीहरुलाई हेक्का हुनुपर्छ, ब्यक्तिबादी सोचले जन्माएका तिम्रा महान राष्ट्रवादीहरु २००७ सालतिर फर्किएका छन्। बरु उनैलाई बचाऊको लागि नाराबाजीमा उत्रिएका छौ ।

धर्म, संस्कृति परम्परा र जातको नारा लिएर कुर्लदै तर पुर्खाको खुकुरिको गाथा गाउदै भन्छन मेरो नेता महान । यो बिज्ञान र प्रबिधिको समय हो, नेता पुज्ने समय होइन । अझै पनि समयलाई चिन्न सकेनौ भने त्यही इतिहासको ऐना हेरेर आफैलाइ राष्ट्रवादी ठान्ने दिन हराउन पनि धेरै छैन । पुर्खाले सुम्पेको नासो खुकुरिको गाथा पनि क्षणभरमा बिलय भएर जानेछ । राजनीतिलाइ ठगि खाने भाँडो बनाएका नेता पहिल्याउन नसक्ने हो र उनैको नाराबाजी गर्दै उनैको बुई चढ़ने हो भने न राष्ट्रियता रहन्छ न हामी राष्ट्रबादी हुनेछौ ।
हाम्रो देस नेपाल एक भूपरिवेष्ठित मुलुक हो । त्यसकारण अन्य कुनै मुलुकको सहयोग पनि अबश्य चाहिन्छ । तर देशका स्रोत साधनको प्रयोग बिना बाहिरि देश ताक्नु सबैभन्दा ठुलो घातक हुनेछ जून पहिले देखि नै राजा, महाराजा, नेता र मंत्रीहरुले देशका कल कारखाना, उधोगधन्दा बिदेशीको हातमा बुझाएको तितो यथार्थ हाम्रो सामु छ । देश भित्रका पर्याप्त स्रोत साधनलाइ चिन्न नसक्नु साथै परिचालन गर्न नसक्नु र परिचालनका लागि पनि बिदेशीको मुख ताक्ने राष्ट्रवादी होला ?

आफ्ना उत्पादनलाइ हेला गर्दै, सस्तो मूल्यमा बिदेश पुर्याउदै पुनः उहि माल चर्को मूल्य तिरेर आयात गर्नेहरुले नै देशको बिकाश र  सम्वृद्धि  गरलांन भन्ने ठान्ने हो भने अब सोचौ हामी कहा छौ ? हामी आफ्नै अस्तित्व भुलेका त छैनौ ? पुर्खाको नासो मासिदै गरेको हामीलाई थाहा छैनं ?

देश भित्र रहेर मैले के गरे र बिदेश रहेर मैले के गरेको छू । प्रयाप्त स्रोत साधन आफ्नै देशमा हुदा लाखौ नौ जवान बिदेश हुली रेमिटेन्स को आस र भरमा देश चलाऊन मात्तिएका नपुंसक मण्डलेहरुको आस र भरोसा कति दिन गर्ने ? चर्को मूल्यबृद्धि , चरम सोषण, भ्रस्टाचार ,कालाबाजारी को पुरस्कार थाप्दै जीबनयापन गर्नु परेको यो अबस्थामा हामी निंद्रादेखि कहिले ब्यूझने ?

खबरदारी साथै आत्मनिर्भरको बाटो पहिल्याउन सक्ने क्षमता सहित दृढ़ संकल्प गर्दै संघर्ष गर्नु अब तपाई हाम्रो जिम्मेवारी भएको छ । हामी नेता बनाऊन प्रतिस्पर्धा गरेउ, नेताकै लागि बलिदान गरेउ, नेताकै लागि लडेउ, नेताकै लागि पत्रकार भयौ, अब एक पल्ट देशका लागि केहि गरौ, देशका लागि लडौ, आफ्नो हक अधिकार सहित देशको स्वाधीनताको लागि आवाज उठाऊं, असम्भब भन्ने केहि हुदैनं यदि हामीले गरेउ भने । बिदेशीको हस्तक्षप बढेको बेला, देश अस्तिरतामा धकेलीरहेको बेला, देशका सीमा मिचिएको बेला, अपराधीको बिना शर्त माफ़ी सँगै भ्रस्टाचार, दलालीका कारण देश खोक्रो पार्न थालेको बेला मुलुकको लागि अब एकजुट हुदै आफु प्रतिको कर्तब्य र जिम्मेवारी पूरा गर गरौ ! जय नेपाल !
प्रकाशित मिति: ११ असोज २०७३  सुनौलो डटकम वाट

, ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News